आइतवार, मंसिर ११, २०७९

भारतको हेपाहा दृष्टिले नेपालीले भोग्नु परेको समस्याका विषयमा भनेर साध्य नै छैन :ई . विष्णुप्रसाद बराल

भारत सरकारद्वारा सञ्चालित विभिन्न योजनाहरु सफलतापूर्व सम्मपन्न गराउन उल्लेखनीय योगदान गरेको भन्दै भारत सरकारको निति आयोगद्दारा पहिलकोे पटक सम्मानीत व्यक्तित्व हो विष्णु बराल । पेशाले ईन्जिनीयर रहेका नेपाली मुलुका  बराल भारतको नोर्थ ईस्टको राजनितिमा निकै बलियो पकड भएको व्यक्तिको रुपमा चिनिएका छन । यसै प्रसंगमा ईन्जिनीयर बरालसंग गरिएको कुराकानी सारसंक्षेप

० तपाईको भारत प्रवेशको विषयमा ?
मैले एसएलसी सम्म चितवनमा नै गर । विस २०३३ सालमा तिर मैले नेपाल छोडे र भारतको मेघालयमा रहेका मेरा पुजनीय माता पिताको साथमा म पनि यहि रहन थाले । समयको आरोह अवरोह संगै बाँकी उच्च शिक्षालाई निरन्तरता दिदै मैले इन्जिनियरिङ्ग सम्मको पढाई पुरागरे । त्यसपछि नोर्थ इस्टर्न पावर कार्पोरेशन (नेप्को)भन्ने कम्पनीमा  सहायक ईन्जिनियर पदमा रहि कार्य गरे त्यसपछि सिधा अरुणाञ्चलमा स्टेट स्पोर्ट काउन्सिलमा मलाई सर्विसका लागि अफर आयो र त्यो सर्विसनै मेरो भारत बसाईको कारण बन्यो ।

० नेपाल र भारतवीचको सम्बन्ध रोटी र बेटीको छ भने पनि व्यवाहारिक रुपमा नेपाललाई हेर्ने दृष्टिकोण त्यति फ्रेर्कजीवल छैननी होईन ?

हो पक्कै पनि मौखीक रुपमा नेपाल भारतको रोटी र बेटी र दामनको नाता जे छ भने पनि समग्रमा भन्ने हो भने भारतले नेपाल र नेपालीलाई व्यवाहारिक रुपमा धेरै हेपाहा दृष्टिबाट हेर्ने गरेको हामीले दिन दिनै जसो अनुभव गरि नै रहेका छौ । यहाँ नेपालीले पाएको दुःख र भारतको हेपाहा दृष्टिले नेपालीले भाग्नु परेको व्यवहारको विषयमा भनेर साध्यनै छैन । हालैमात्र नेपालबाट लगभग पाँच सय विद्यार्थी कर्नाटका गुनिर्भसिटिबाट डिग्रीसम्म पढे तर उनिहरुले माईग्रेशन पाएनन ।

नेपालबाट नर्सिङ पढ्न विद्यार्थी भारतको कर्नाटकामा अधिक आउछन् । उनिहरुले पाँच वर्षसम्म पढाई गरे कोर्स पुरा गरे । तर कोर्स पुरा भएपछि यहाँको सरकारले उनिहरुलाई माईग्रेशन दिदैन । माईगे्रशन नपाउदा पढाईको भ्यालुनै भएन । ती विद्यार्थीहरु नेपाल फर्केका छन् । त्यस्तै यहाँ नेपाली युवाहरु उच्चशिक्षा सहित कामको खोजीमा आएका हुँन्छ तर, जति योग्यता वा जति सुकै उच्च शिक्षा प्राप्त गरेका भएपनि नेपालीहरु लाई यहाँका अधिकारीले गर्ने व्यवहार एकदमै तुच्छ रहेको मईले अनुभव गरेको छु । हुनत नेपाल र भारतको भाषा संस्कार, धर्म सबै मिल्छ तथापी नेपाल र नेपालीहरुलाई हेर्ने दृष्टिकोण एकदमै तल्लो स्तरको छ । यो कुरा नेपाल सरकारले बुझेको छ कि छैन भनि खोजी गर्ने विषय भएको छ ।

० संविधानको प्रारम्भिक मस्यौदा आईसेको अवस्थामा पनि नेपालमा संविधान नबनोस भन्ने चाहना केही भारतीय नेताहरुको पनि छ भनिन्छ नि हो ?

नेपालका नेताहरुले चमहिने भन्दा बढि भारत प्रति देखाएको झुकावका कारण यस्तो अवस्था सिर्जना भएको हो । त्यस्तै नेपालका नेताहरुले तुम शरणम भन्दै कुनैपनि नितिगत निर्णय गर्नु पर्योकि हामीले के गर्ने भनेर सल्लाह सुझाव उहाँका नेताहरुसंग माग्छन । यसमा कुनै शंकै छैन । जब त्यस्ता कुहिएका गन्हाएका नेताहरु जो मुलुकको भन्दा पनि आफ्नो स्वार्थ सिद्ध गर्न भारतम शरणम गच्छामी हुन्छन् भने राम्रो प्रसंगको चाहना गर्नु आफैमा दिवा स्वप्न  सिवाय केहि होईन ।

०  प्रवासमा बसेर नेपालमा राजसंस्था पुनः स्थापना गर्न सक्रिय भूमिका निवाह गर्दै हुनु हुन्छ भन्ने  आरोप छ के भन्नुहुँन्छ ?

राजसंस्था, राजा वा राजतन्त्र ल्याउनेमा म लागेको भन्दा पनि मेरो बिचारधारा भनेको नेपाली जनताले सुख, शान्ति अथवा अधिकार पाओस, युवाहरुले विदेशीनु नपरोस, देशको विकास होस, नेपाली चेलीबेटीले विदेशमा बेचिनु नपरोस र नेपालमा दुःखी कोही न होस त्यसका लागि जुन तन्त्र आएपनि हुन्छ भन्ने मेरो बिचार हो । नेपालमा भ्रष्ट नेताहरुले देश सखाप पारिसकेका छन् । यी भ्रष्ट नेताहरुले देशको शासन चलाउनु भन्दा बरु राजा आए राम्रो । कमसेकम राजाको पालामा यस्तो ब्रम्हलुट त थिएन ।

० तपाईको राजनैतिक आर्दश र सिधान्त के हो ?

राजनीतिक आर्दश र सिधान्तको कुरा गर्ने हो भने सिद्धान्त मेरो एउटा फ्याक्टर । अर्थात म एउटा सिद्धान्तमा हिंडने मान्छ हो । देशको संविधान, नियम, कानून र आफ्नो सिद्धान्तमा रहेर कुनै किसिमको दुःखर पीडा देश र जनतालाई नदिएर सेवा गर्नु रहेको छ जुन असल राजनीतिको प्रतिविम्ब पनि हो । त्यस्तै देश र जनतालाई दुःख दिएर हत्या हिंसाको बाटोमा हिंडेर, जनतालाई ढाँटेर मुर्ख बनाउँदै आफ्नो स्वार्थ सिद्धमात्र गर्नु कुनै हालतमा राजनिती होईन त्यो कुटनीति हो । हो म पनि राजनीतिबाट अलग रहन सक्दिन र सकिन्न पनि तर मेरो राजनिति भनेको सिद्धान्तको हुँन्छ । अर्थात जनतालाई मारेर, जनतालाई लुटेर र जनतालाई ढाँटेर म राजनीति गर्दिन ।

  • एस झा
Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु