काठमाडौं आषाढ १८, बैशाख १२ गते गएको महाभूकम्पका कारण बसन्तपुर दरवार क्षेत्रस्थित सम्पदा एवम् महत्वपूर्ण मूर्त तथा अमूर्त कला तहसनहस मात्र भएका छैनन यहाँको आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्ध समेत नराम्ररी प्रभावित भएको अवस्था छ । जुन कला सम्पदाका कारण बसन्तपुर दरवार क्षेत्र विश्वसम्पदा सूचीमा समेत समाविष्ट भएको हो । तर महाभूकम्पकारण निमेषभरमै भग्नावशेषमा परिणत भएको ति सम्पदाको पुर्ननिमाण संगसंगै संरक्षण गर्नुपर्ने दायित्व पनि हामीसामु रहेको छ ।
सम्पूर्ण प्राणीहरू मध्ये मानव प्राणीलाई सर्वश्रेष्ठ प्राणी मानिन्छ भन्ने कुरा भनि राख्नुपर्दैन र मानवलाई किन सर्वश्रेष्ठ मानिएको हो, त्यो पनि भन्नु पर्दैन्। वास्तवमा , मानवको विशिष्ट बुद्धि, विवेक, कार्यक्षमता र शारीरिक संरचनाले गर्दा नै सर्वश्रेष्ठ प्राणीको दर्जा पाएका हो भन्ने बुझेको अवस्थाकावीच भग्नावशेषमा परिणत भएको दरवार क्षेत्रमा रहेका हाम्रा अमुल्य ति सम्पदाको संरक्षनार्थ सरोकारवाला निकायले रातो रिवनको घेरा सहित प्रवेश निषेध गर्दागर्दैको अवस्थामा पनि किन हामी बुझ्ने को्शिस गर्दैनौं ।
त्यस्तै सरोकारवाला निकाय र स्थानीय संघसस्थाले पनि रातो रिवनको घेराभित्र प्रवेश गर्दैगर्दा रोकतोक र अनुगमन नर्गर्नु आफैमा गेरजिम्मेवारको पराकाष्ठा सावित भएका छन । त्यस अर्थमा पनि सर्वश्रेष्ठ प्राणीकै रूपमा समाजमा योगदान दिई आफ्नो मानवीय सभ्यताको परिचय दिनुपर्छ। यस कुरालाई चरितार्थ गर्न प्रख्यात हिन्दु शास्त्र गीता उपदेशमा भनिएको छ, ‘रित्तो हात पृथ्वीमा आईन्छ र रित्तो हात यो संसारबाट गइन्छ’। भन्नुको तात्पर्य आफू जन्मेको भूमी वा संसारमा केही गुण लगाएर जानुपर्छ जसले मानवरूपी जन्मलाई साकार गराउँछ। कमसेकम मानवअधिकारको संरक्षण वा पालना गरी सभ्य र सचेत नागरिकको परिचय दिनुपर्छ। हामीले कसैलाई सहयोग गर्न सक्दैनौ भने असहयोग नगरी सम्पूर्ण जगतलाई सहयोग गर्नुपर्छ भन्ने बुझेने कहिले ।