मङ्लबार, बैशाख ११, २०८१

अर्जुनदृष्टि सहित सम्पदाको पुर्ननिर्माणमा केन्द्रीत हुँने छु : नरेन्द्रविलास बज्राचार्य, कार्यक्रम प्रमुख

नरेन्द्रविलास बज्राचार्य काठमाडौं महानगरपालिका अन्र्तगत ऐतिहासिक मूर्त तथा अमूर्त कला, संस्कृति सम्पदाको संरक्षण एवम यहाँको आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धनका लागि सञ्चालित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हुनुहुन्छ । कामपामा सेवारत दुई दशकको पछिल्लो समय हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकमा गत बैशाख १२ गते गएको महाभूकम्पका कारण बसन्तपुर दरवार क्षेत्रमा रहेका महत्वपूर्ण एवम् मूर्त तथा अमूर्त कला र सम्पदा तहसनहस मात्र भएका छैनन यहाँको आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्ध समेत नराम्ररी प्रभावित भएको अवस्था छ । यसवीचमा दरवार क्षेत्रको संरक्षणमा मात्र नभएर पूननिमार्णको समेत जिम्मेवारीमा आफुलाई प्रतिवद्धढङगमा क्रियाशील तुल्याउँदै अहोरात्र खटिनुपर्ने जिम्मेवामपादितअंशरी निर्वाह गर्दै आईरहनु भएका कार्यक्रम प्रमुख बज्राचार्यसंग यिनै प्रसंगमा केन्द्रीत रहेर गरिएको कुराकानीको साराशं

० दरवार क्षेत्र संरक्षण कार्यक्रमको जिम्मेवारी सम्हाल्दै गर्दा महाभूकम्पका कारण दरवार क्षेत्र र यहाँका स��्पदा तहसनहस भएको अवस्था छ । कस्तो अनुभूति गर्दै हुनुहन्छ ?
महाभूकम्पका कारण हनुमानढोका दरवार क्षेत्रमा रहेका मठमन्दिर लगायतका सम्पदा निमेषभरमै भग्नावशेषमा परिणत हुनु आफैमा दुःखद पक्ष हो । मेरो २० वर्षको जागिरे जिवनमा यस्तो ठूलो चुनौति कहिले पनि महसुश गर्नु परेको थिएन । यद्यपी महाविपत्तीका कारण सिर्जना भएको यो अवस्थालाइ मईले मेरो जिवनकोनै ठूलो चुनौतिका प्रारुपमा ग्रहण गर्दै हाम्रो संस्कृतिक सम्पदालाई जोगाउन पूर्णत प्रतिवद्ध हुँदै संस्कृतिक सम्पदा जोगाउनका लागि हरसंभव प्रयासमा गर्ने छु ।

० संस्कृतिक सम्पदा जोगाउन पूर्णत प्रतिवद्ध छु भन्दैगर्दा कसरी कार्ययोजनाहरु कार्यान्वयन गर्दै हुँनुहुँन्छ त ?
प्रारम्भिक रुपमा भन्ने हो भने महाभूकम्पबाट तहसनसहस भएका दरवार क्षेत्रमा रहेका मठमन्दिर लगायतका पौराणिक सम्पदाको पुर्ननिमार्णको साथै बचेका अन्य ऐतिहासिक मन्दिरको संरक्षणका लागि विधागतरुपमा पहिलो पुर्ननिर्माण अन्र्तगत माजु देवल, त्रैलोक्यनाथ मन्दिर, गोरखनाथ लगायतका मन्दिरलाई पहिचान गरेका छौं भने त्यस्तै जिर्णोद्दार र मर्मतका लागि गर्नु पर्ने कार्ययोजना हामीले बजेटमा समावेश गरेका छौ । त्यसपछि हामी स्थानीय र सरोकारवाला पक्षसंग बसेर विस्तृत योजना सहित कार्यसम्पादन गर्ने तयारीमा जुटेका छौं
विगतमा दरवार क्षेत्रमा गुठी संस्थान, पुरातत्व र हेरचार अडडासंग समन्वय हुन नसकोको चर्चा थियो । के यो वीचमा उपलब्धिको संकेत देखिएको हो ?

अवश्य पनि यहाँका कतिपय मठमन्दिर गुठी संस्थाको क्षेत्राधिकार भित्र छ, कतिपय सम्पदा निजी गुठी भित्र रहेका कारण कामपाले केहि गर्न खोज्यो भने विविध व्यवधान आउने गरेको मईले यहाँको जिम्मेवारी सम्हाल्दै गर्दा महसुस गरेको अवस्था हो । तर यसवीचमा विद्यमान ति खाडल अथवा दुरीलाई कम गराउन प्रयास गरेको छु । केही दिनमा बैठक राखेर उहाँहरु सबैलाई छलफका लागि बोलाउदै छु । आउने दिनहरुमा कसरी जाने भनि उहाँहरुसँग औपचारिक रुपमा छलफल गर्नेतयारी गरेको छु ।

“मेरो कार्यकालमा कुनैपनि किसिमको आर्थिक ब्रम्हलुटका श्रृखलाले प्रसय पाउँदैन ।त्यसमाथि पनि आउने आर्थिक वर्षमा अर्जुनदृष्टि सहित यहाँको बजेट सम्पदाको पुर्ननिर्माणमा नै केन्द्रीत हुँने छ”

० के त्यसो हो भने सरोकारवाला निकायवीच अधिकार क्षेत्रको बखेडा सकिएको नै हो त ?20150701_anup_3

यो विषयमा भन्नु पर्दा कामपा र यहाँका सरोकारवाला निकायवीच यसअघिनै भएको बैठकमा एक किसिमको नितिगतरुपमानै समझदारीमा सहित माईन्यूटनै लेखेकोे अवस्था छ । जस अनुरुप हनुमान ढोकाको भित्रीभाग पुरातत्व विभाग र हनुमानढोकाले हेर्ने र बाहिरी भागको जिम्मेवारी महानगरपालिकाले  हेर्ने उल्लेख रहेको छ । त्यस अर्थमा पनि अवका दिनमा काउन्टर पार्ट होला भन्ने मलाई लाग्दैन ।

० दरवार क्षेत्र संरक्षण कार्यक्रमा संरक्षणको नाममा अनुदानको नाममा संस्थामुखी हुदै आर्थिक ब्रम्हलुट हुने गरेको चर्चा छ नी ?

हेर्नुस् वास्तवमा भन्ने हो भने कामपाले संरक्षण कार्यक्रम यहाँको पौराणिक कला संस्कृतिक सम्पदाको संरक्षणको लागि सुरु गरेको हो । यसवीचमा विगतमा के भयो र कसले के गरे भनेर यहाँ कोट्याउनु आवश्यक छ जस्तो मलाई लाग्दैन । तर मेरो कार्यकालमा कुनैपनि किसिमको आर्थिक ब्रम्हलुटका श्रृखलाले प्रसय पाउँदैन । त्यसमाथि पनि आउने आर्थिक वर्षमा अर्जुनदृष्टि सहित यहाँको बजेट सम्पदाको पुर्ननिर्माणमा नै केन्द्रीत हुँने छ ।

० आगामी दिनहरुका लागि थप कार्यक्रमहरु के बनाउनु भएको छ ?
पहिलो कुरा त हाम्रा पुर्खाका कुरा हाम्रा दस्तावेजहरुलाई जिवन्त राख्नु पर्छ । पुर्खाका कुरा हाम्रा दस्तावेजहरुलाई जिवन्त राख्नका लागि मेरो सम्पूर्ण योगदान हुने छ त्यसका लागि म कुनै सम्झौता गर्दिन ।

“हनुमानढोका दरवार क्षेत्रको संस्कृतिक सम्पदा जोगाउनका प्रतिवद्ध हुदै  हरसंभव प्रयासमा गर्ने छु”

० अन्त्यमा ?

नेपालमा विनासकारी भूकम्प जसरी आयो त्यो कसैले चाहेर आएको वा नेपालीले रोक्न चाहेर पनि रोक्किने कुरा थिएन ्। यो त प्रकृतिले दिएको कुरा हो । अब यसलाई कसरी मिलाउदै जाने कसरी मिनिमाईज गर्दै जाने भन्ने कुरा नै हो । हाम्रो सम्पदा हाम्रो गौरव हो । यस अर्थमा पनि रिसराग होईन कार्यगत एकता सहित हातमा हात, काँधमा काँध मिलाएर यसको पुर्ननिर्माण गर्नु छ भन्ने मुलमन्त्रलाई आत्मासात गर्दै अगाडि जानु आवश्यक छ जस्तो मलाई लाग्छ ।