काठमाडौं आषाढ १७, “हामी सेवा गर्छौ” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै मानवीय सेवामा समर्पित संसारकै सबै भन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनलको सन् २०१५ जुन २६ देखि ३० तारिखसम्म संयुक्त राज्य अमेरिकाको हवाई को होनोलुलुमा सम्पन्न ९८ औ अन्तराष्ट्रिय कन्भेन्सनबाट पूर्व
मल्टिपल काउन्सिल चेयरपर्सन तथा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन संजय खेतान अन्तराष्ट्रियको डाईरेक्टर जस्तो गरिमामय पदमा चयन भएकोमा खुसीयाली व्यक्त गरेको छ ।
सन् १९७१ मा नेपालमा स्थापना भएको ४५ वर्ष लामो लायनवादको इतिहासमा पहिलो पटक लायन्स क्लब्स इन्टरनेशनलको अन्तराष्ट्रिय डाईरेक्टर पदमा नेपालको तर्फबाट लायन संजय खेतान निर्वाचित हुनु नेपालको लायनवादको मात्र नभई समग्र राष्ट्रकै प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा उच्च बनाएको भन्दै लायन संजय खेतानज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
त्यस्तै मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालद्दारा जारी विज्ञप्तिमा गत बैशाख १२ भुकम्प पिडितहरुका लागि लायन्स क्लब्स इन्टरनेशलनका तर्फबाट १ हजार आवास गृह निर्माण र ५० वटा विद्यालयका लागि आवश्यक सहयोग जुटाउन उक्त कनभेन्सनमा नेपालको सहभागिताले सफलता हासिल गरेको उल्लेख गर्दै नेपालको लायनवादलाई अन्तराष्ट्रिय नेतृत्वमा पु¥याउन सहयोग गर्नुहुने नेपालका सम्पूर्ण लायन मित्रहरु र नेपाललाई माया गर्ने विश्वका सम्पूर्ण लायन साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।