शुक्रबार, बैशाख ७, २०८१

ह्याण्डस नेपालद्दारा र झापाली पत्रकार पराजित

बिर्तामोड आषाढ १७, विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर ओपन ह्याण्डस नेपालले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ओपन ह्याण्डस नेपाल विजयी भएको छ । झापाको शनिअर्जुन–५ स्थित सशस्त्र प्रहरी बेस क्याम्पसको खेल मैदानमा विहीवार ओपन ह्याण्डस नेपाल र झापाली पत्रकारहरुबीच भएको मैत्रीपूर्ण खेलमा १का विरुद्ध ३ गोल गर्दै ओपन ह्याण्डस नेपाल विजयी भएको हो । बर्षाको झरीकोबीच भएको प्रतिस्पर्धात्मक खेलमा ओपन ह्याण्डसका 1तर्फबाट चेतन अधिकारीले २ गोल र प्रनिश पौडेलले एक गोल गरेका थिए भने झापाली पत्रकार निश्चल आचार्यले सान्त्वना गोल फर्काएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच चेतन अधिकारी घोषित भएको संस्थाका सदस्य बिशाल विमलीले जानकारी दिए ।

प्रतियोगितापछि औपचारिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा अग्रज पत्रकार मदन ढकालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिवाकरलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेल, झापा फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, बरिष्ठ प्रशिक्षक भगीरथ आले मामा, सशस्त्र प्रहरी वेस क्याम्पका प्रमुख ज्ञानमणि पौडेल लगायतको आतिथ्य रहेको थियो । प्रतियोगितामा विजयी ओपन ह्याण्डस नेपाललाई कार्यक्रमका प्रमुख अतिथि ढकालले नगद ५ हजार पुरस्कार स्वरुप प्रदान गरेका थिए भने उपविजेता झापाली पत्रकारको टिमलाई बरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आले मामाले ३ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरेको संस्थाका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु