बिहिबार, चैत्र १५, २०८०

हिमाञ्चलका नेपालीले दिए राजदूत उपाध्यायलाई ज्ञापन

नयाँ दिल्ली अषाढ १९, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई हिमाञ्चलमा बस्ने नेपालीरुको साझा संस्था अखिल भारत नेपाली एकता मञ्चले विभिन्न समस्या र मांगहरु सहितकाृ ज्ञापन पत्र बुझाएका छन्।
Prabin-K2563दिल्लीबाट आरबी खड्काले दिएको जानकारी अनुसार ज्ञापनपत्रमा प्राकृतिक प्रकोप र आकस्मिक दुर्घटनामा परी ज्यान गुमाउने नेपालीलाई कुनै प्रकारको क्षतिपूर्ति नदिने गरेको विभेद र उच्च शिक्षा पढ्ने क्रममा नेपाली बिद्यार्थीलाई हिमाञ्चल राज्य सरकारको आधिकारिक परिचयपत्र भएको अवस्थामा मात्रै भर्ना गर्ने अन्यथा भर्ना नदिने गरेको जस्ता विभिन्न माग उल्लेख रहेको बताइएको छ ।

त्यस्तै ज्ञापनपत्र बुझाउँदै मञ्चका पदाधिकारीहरुले राजदूत उपाध्यायलाई रासन कार्ड वा मतदाता परिचयपत्रको आधिकारिक पहिचानबिना राज्यमा बसेर श्रम गर्न समेत मुस्किल बन्दै गएको र भारतीय नागरिक हुनुको आधिकारिक पहिचान नभइ स्थानीय बैंकहरुमा खाता खोल्न नदिइँदा र मनी–ट्रान्सफरमा समेत सहज व्यवस्था नहुँदा नेपाली श्रमिकले कठीनाइ बेहोर्दै आएको समस्या सुनाएका थिए।
यसैगरी, नेपालसँग सहज आवतजावतका लागि सिमला–नेपालगंज वा अरु सहज रुटमा यातायात सञ्चालनको प्रबन्ध मिलाउन पनि पदाधिकारीले आग्रह गरेका छन्। राजदूतसँगको उक्त भेटमा दुतावासका काउिन्सलर राम कार्की, इकोनमिक मिनिष्टर ढुद्धडढीराज पोखरेल, सिमलास्थित साहित्यकार जगदीश राणालगायतको उपस्थिति थियो।
ज्ञापनपत्र बुझ्दै  राजदूत  उपाध्यायले आफूले हिमाञ्चलका मुख्यमन्त्री बीरभद्र सिंहसँग भेटवार्ता गर्ने क्रममा प्रस्तुत समस्या राख्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।