शुक्रबार, चैत्र १६, २०८०

हिन्दुधर्म पूनर्स्थापना र धर्म निरपेक्षता विवाद आखिर किन ?

  -विजय विष्फोट ठकुरी देउजा

 अहिले जताततै – हिन्दु धर्म पूनर्स्थापना र धर्म  निरपेक्षता राष्ट्र संबिधानमा राख्ने पर्ने बिषयलाइ आधार बनाएर चर्को बाद -विवाद अझ एक खाले वाकयुध्ह छेडिएको डरलाग्दो अवस्था नेपाल भित्र र बाहिर सिर्जना भएको छ । म ति तमाम व्यक्तित्व जो – जो यस लडाइमा सामेल छन् वहाँहरुसंग सबिनय मात्र एउटा प्रश्न गर्न चाहन्छु यो व्यक्ति अस्तित्व संग सम्बन्धित छ वा समुदायको स्वतन्त्रता संग ? अथवा राष्ट्रिय पहिचान संग ?

यदि बहस व्यक्ति अस्तित्व वा समुदायको स्वतन्त्रता संग हो भने धर्म परिबर्तन पश्चात इसाई बनेका बाहेक अन्य सबैले आफ्नो पूस्तेनी धर्म ,जात अनुसारको नाम उल्लेखित नागरिकता नेपाल हिन्दु राष्ट्र हुदा /नहुदा पनि पाएकै छन् । हिन्दु मन्दिरको छेउमा मस्जिद ,गुम्बा , चर्च ,गुरुद्वारा स्थापना गर्न कसैलाई रोक लगाको थिएन र छैन ।राष्ट्रिय महत्वका सम्बैधानिक निकायमा प्रतिनिधित्वको अग्राधिकारमा कुनै रोक ,कतै बाट कहिले लागिएको छैन । पद बहाल हुदा आ -आफ्नो धर्म अनुसारको सपथ खाने अधिकार २०४७ को संबिधानमा गरेकै हो  हिन्दु राष्ट्र हुदा पनि तेती मात्र होइन कुनै धर्मावलम्बीको चाड -पर्वमा कुनै खाले प्रतिबन्ध हिन्दु राष्ट्रले कहिले लगाएन। जातिय  वातियविभेद र छुवाछुत बिरोधी कानून तेही हिन्दु राष्ट्र उल्लेखित संबिधान – २०४७ मा थियो ।

यदि विवाद राष्ट्रिय पहिचान संग हो भने यो सबैको साझा चिन्ताको बिषय अवश्य हो । तेसैले कुनै एक धर्म सम्वद्ध समुदायको लैलैमा यो स्थापित हुन सक्दैन । लोकतन्त्रमा नागरिक सर्वोच्ता र तेसको बहुमत पुष्टि हुन आवश्यक छ  । अन्यथा त्यो निरङ्कुश सत्ताले स्थापित गरेको ठहरिन्छ । तेसको आयु धेरै हुदैन । र तेस भित्र कसैको पनि अधिकार सुरक्षित हुने सक्दैन ।  यदि बितेको ९ बर्षको अभ्यास लाई बिश्लेषण्न गर्ने हो भने पनि जसमा धर्म निरपेक्षता राष्ट्र पर्छ । यस अबधिमा रास्ट्रपति ,उपरास्ट्रपति , प्रधानमन्त्री ,प्रधान सेनापति , प्रधान न्यायाधिश , ठूला पार्टीका शिर्ष नेता सबै हिन्दु हून । तर कतै बाट बिरोध भएन । तेती मात्र होइन राजधानी मा सबै खाले जनाबार -पन्छी हरुको माशुका उपभोक्ताहरु छन् । तर गाइको मासुको खुला बिक्रि बितरण आजको मिति सम्म न मुस्लिम ले गरे ,न इसाई ले ।

यस बाट के पुष्टि हुन्छ भने संबिधानमा नेपाललाई हिन्दु राष्ट्र राखे पनि रन राखेपनि नेपालीको राष्ट्रिय पहिचान हिन्दु राष्ट्र नै हो । यस बाहेक छिमेकि मुलुक भारत ,चाइना  लगायत पश्चिमा मुलुकबाट नेपाल आउने अधिकामस तिर्थालु र पर्यटक यहाँ केवल मन्दिर ,गुम्बा , र हिमाल हेर्न भित्रिन्छन । यसलाई कुनै स्वदेशी र बिदेशी शक्तिले अस्विकार गर्न सक्दैन । अन्त्यमा ऊही एउटा प्रश्न हिन्दु राष्ट्र विवाद किन र कसका निम्ति रु एक पटक आफ्नो बिबेकले सोच्नुस है ………….जयहोस सबैको