शुक्रबार, बैशाख १४, २०८१

हलोदेखि हाइड्रोसम्म: मेगा बैंकद्दारा रु एक्काइस अर्ब बढी निक्षेप सङ्कलन

मेगा बैंकको छैटौँ बर्षमा प्रवेश, अबको प्राथमिकता सुदृढीकरण र विस्तार

काठमाडौ श्रावण ७, ‘हलोदेखि हाइड्रोसम्म लगानी’ भन्ने नाराका साथ स्थापना भएको मेगा बैंक नेपाल लिमिटेडले आफ्नो स्थापना कालको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित बैकले गत आव २०७१/७२ मा रु २१ अर्ब १३ करोड बराबरको निक्षेप सङ्कलन गर्नुको अलावा करिब एक लाख ४३ हजार ग्राहक सङ्ख्या पुगेको सो बैंकले निक्षेपित रकममध्ये रु १७ अर्ब ९९ करोड बराबरको कर्जा देशभरका Mega Anniversray3 Mega-Anniversray२८ वटा शाखा कार्यालयमार्फत प्रवाह गरेको जनाएको छ ।
त्यस्तै एक हजार ११९ जना प्रवद्र्धक र एक लाख १५ हजार सेयरधनी रहेको सो बैंकका अध्यक्ष प्रा डा मदनकुमार दाहालले अगामी पाँच वर्षभित्र बैंकले संयुक्त पुँजीमा विदेशमा लगानी गर्ने लक्ष्य लिएको र देशभित्र सो अवधिमा ६० शाखा कार्यालय विस्तार हुने जानकारी दिदै यसवीचमा केही पुराना एवं नयाँ बैंकहरुबाट मेगा बैंकसँग मर्जरको निमित्त अनौपचारिक प्रस्तावहरु आएको बताउँनु भएको छ । साथै उहाँले अहिले वाणिज्य बैंकहरूले दिँदै आएको ऋणात्मक ब्याजदर सकारात्मक होइन, यसले वित्तीय क्षेत्रमा समस्या निम्त्याउन सक्छ भन्दै अध्यक्ष दाहालले भूकम्पपछि कर्जा लगानीमा शिथिलता आएको चर्चा गर्दै यसको असर आर्थिक वृद्धिदरमा परेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा मेगा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले स–साना, मझौला व्यवसाय र लघुवित्तलाई बैंकले प्राथमिकता दिँदै आएको जानकारी दिदै यस वर्ष अछामको साँफेबगर र डडेल्धुराको जोगबुढामा शाखा कार्यालय स्थापना एवम् अन्य आठ स्थानमा स्थापनाका लागि सम्भाव्यता अध्ययन भइरहेको र मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा दसवटा शाखारहित बैंकिङ सेवा र अत्याधुनिक ट्याब बैंकिङ सेवा विस्तार गर्न लागेको जानकारी दिनु भएको थियो । त्यस्तै उहाँले अनुसार, ग्राहकको सुविधालाई ध्यानमा राखेर भिसा डेबिट र क्रेडिट कार्ड तथा बिजनेश कार्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । यसैगरी, आकर्षक ब्याजदरका निक्षेप योजना तथा ग्राहकको माग बमोजिम सहुलियत ब्जाजदरमा कर्जा योजनाहरु पनि ल्याउने बैंकको योजना रहेको जानकारी सहित एसएमई र कर्पोरेट बैंकिङको बीचमा पर्ने ग्राहकलाई समेट्न स्थापना गरिएको ‘मिड कर्पोरेट’ इकाइलाई आगामी बर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।  मेगा बैंकले सो अवसरमा बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत धापासीमा रहेको पवित्र समाज सेवा नेपाल नामक संस्थालाई रु एक लाख प्रदान गरिएको थियो । बैंकका अध्यक्ष प्रा डा दाहालले संस्थाका अध्यक्ष दीक्षा चापागाईंलाई सो रकम प्रदान गर्नुभएको थियो भने बैंकले आफ्ना शाखा कार्यालय रहेका रसुवाको स्याफ्रुबेँसी, सिन्धुपाल्चोकको चौतारा र धादिङको धादिङबेँसीमा भूकम्पपीडितका लागि रु ५० लाखबराबरको जस्तापाता वितरण गरेको जानकारी दिईएको थियो ।