शुक्रबार, बैशाख १४, २०८१

हनुमानढोका दरबारस्थित प्राचिन सम्पदा पूननिर्माणका लागि समन्वय समिति गठन

काठमाडौं श्रावण ११, काठमाडौं दरवार क्षेत्र संरक्षण तथा ब्यवस्थापन महासमितिको पहलमा काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रका मठमन्दिर लगायत सम्पदाको पून निर्माण गर्नको निम्ति हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका विभागीय प्रमुख नरेन्द्रविलास बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय हनुमानढोका दरबारस्थित प्राचिन सम्पदा पूननिर्माणका लागि समन्वय समिति गठन गरिएको छ ।

गठित समितिको सह–अध्यक्षमा मनोज नेवाः खड्गी तथा सदस्यहरुमा क्रमश दिगम्बर श्रेष्ठ, रमेशमान मूनिकार, कल्याण ताम्राकार, बिनोद तुलाधर र बसन्त श्रेष्ठ लगायतका रहेका छन । त्यस्तै सदस्य सचिवमा निर्मल हमाल (कामपा)पुरातत्व विभाग र गुथि संस्थानबाट एक एक जना प्रतिनिधि रहने साथै (कामपा)बाट पुरातत्व एवं संस्कृतिसंग सम्बन्धि २ जना विज्ञ पनि रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा उल्लेख भएनुसार समितिले स्थानिय बासिन्दा, सम्बन्धित गुथियार पुजारी सहित सरोकारवाला संघ संस्थासंग समन्वय तथा सहकार्य गर्ने उद्देश्य लिएको छ । यस सम्बन्धमा का।म।पा प्रमुख तथा कार्यकारी रुद्र सिंह तामाङका अनुसार महानगरपालिकाले सम्पदाहरुको पुनर्निमाण तथा जिर्णोद्धारको लागि रु ५० करोड छुट्याएको र पुरातत्व विभागले आवश्यक डिजाइन तयार गरी उपलब्ध गराएको जनाउँदै सोको लागि पुर्ननिर्माणको कार्य तदारुकताका साथ शुरु गरिने बताईएको छ ।