बिहिबार, बैशाख १३, २०८१

सुरक्षाकर्मीद्दारा पत्रकार योगीमाथि गरिएको हातपातको महासंघद्वारा भर्त्सना

काठमाडौ श्रावण १३ , समाचार संकलनको क्रममा तस्वीर खिच्न लाग्दा इमेज एफएममा सम्वद्ध पत्रकार सन्दिप योगीमाथि नेपाल प्रहरीले हातपात गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  पत्रकार योगीले आज महासंघमा जानकारी उदृत गर्दै FNJ-logoमहासंघका सचिव धु्रव लम्सालद्दारा जारी विज्ञप्तिमा श्रावण ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा भएको सवारी जामको तस्वीर खिच्दै गर्दा अख्तियार प्रमुखका सुरक्षाकर्मीले पत्रकार योगीमाथि हातपात गर्नुका साथै डीएसएलआर ६० डी क्यामेराको लेन्स सम्ेत् तोडफोड गरेका थाहा भएको छ ।

त्यस्तै कुनै पनि वहानामा पत्रकार र सञ्चार माध्यम माथि आक्रमण हुनु आफैंमा निन्दनीय र खेदजनक कार्य हो । सञ्चारमाध्यमको निर्वाध आवागमनमा अवरोध पु¥याउने यस्ता घटनाले पत्रकारको पेशागत तथा भौतिक सुरक्षा थप चुनौतीपूर्ण हुने भन्दै महासंघले प्रेसविरोधी यस्ता घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनाको तत्काल छानविन गरी दोषीमाथि कानुनबमोजिम कारबाही र भौतिक तथा पेशागत सुरक्षाप्रति गम्भीर हुन सरकार र सम्वद्ध निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।