बिहिबार, बैशाख १३, २०८१

सुख र आनन्द..

pen-copy-gift-150x150 -शोभाकर पराजुली

 मानिसहरू सुख र आनन्द एउटै हो भन्ने गर्दछन् । वास्तवमा कहिलेकाँही यिनीहरूमा प्रस्ट भिन्नता पाइन्छ । सुख पहिला भएको अवस्थामा भन्दा फरक तर विकासबाट प्राप्त हुने गर्दछ । पहिला पानी लिनका लागि एक घण्टा टाढा जान पर्दथ्यो । अहिले घर घरमा नै धारा छ भने त्यो सुख हो । आनन्द भनेको प्रायः क्षणिक हुन्छ । माओवादीले कसैलाई मार्न लागेका थिए । भाग्दा भाग्दै एउटा रुखमा ठूलो प्वाल रहेछ । मानिस त्यहाँ लुक्यो । माओवादीले देखेनन् । उनीहरू फिर्ता भए । पछि पीडित त्यहाँबाट विस्थापित भएर बाहिर गयो । उसलाई त्यतिबेला विस्थापन पनि आनन्द हुन्छ । धर्म गुरुहरूले सुखलाई अर्को रुपमा पनि हेरेका छन् । साइबाबा भन्नु हुन्छ–आवश्यकता कम गर सुख आँफै प्राप्त हुन्छ । यो पनि एउटा आनन्द हो । साइबाबाले भन्नु भए जस्तै भारी बोकेर थकित भएको मानिसलाई चौतारीको शीतलमा ढुंगामाथि पाखुरालाई सिरानी बनाएर सुत्दा पनि आनन्द आउँदछ । अर्कोतर्फ एसीमा आरामदायी विछ्यौनामा सुत्नेहरूलाई पनि त्यसमा सुत्दा सुत्दा आराम हुन छोड्दछ । त्यसैले पहिला पहिला बच्चामा भारी बोक्दा बाबु आमाहरूलाई भारी गह्रौ भयो भन्दा उनीहरूसँग अर्को उपाय हुँदैनथ्यो । उनीहरूले आफ्नो मध्येको झिक्न मिल्ने केही थपिदिएर अगाडि बढ्न लगाउँदथे ।book

पछि त्यो भारीलाई झिकिदिन्थे र सोध्दथे–हलुङ्गो भयो रु वास्तवमा हलुँगो भएको जस्तो लाग्दथ्यो । के राजनीतिको लक्ष्य यो भन्दा तल्लो हुन सक्छ रु वा हुन्छ रु महामानव बी. पी ले मानव स्वभावलाई यसरी पनि उल्लेख गर्नु भएको छ– शुरुमा जतिसुकै असह्य जस्तो लागे पनि शायद समय र परिस्थितिसंग मानिस अभ्यस्त हुन पुग्छ । नत्र भने मानिसहरूलाई मानसिक रुपले विक्षिप्त तुल्याउँदै यो संसार नै बहुलाहा भैसक्थ्यो होला । अन्यायसँग अभ्यस्त हुन सिकाउने, राम्रा विकल्पहरू प्रति आँखा चिम्लन लगाउने र शासन गर्ने परिपाटी कुनै पनि रुपमा युक्तिसंगत मान्न सकिँदैन तर मानिस विवश हुनु र बाँच्नु अलग अवस्था हो भन्ने महामानवको आशय हो ।

यही वाध्यताको कारणले आर्थिक र राजनीतिक अन्यायका वावजुद कहिले आशामा मानिस बाँचेका छन् भने कहिले कर्म नै यस्तो भनेर वा सर्वसत्तावादीहरूले दिएको भ्रम र डरको कारणले सहेर बाँच्न सिकेका छन् । हाम्रा दिन आउने छन् भनेर पर्खेर बसेका पनि छन् ।   लोकतन्त्रको राजनीतिमा त्यो नियम लागू हुँदैन, तानाशाहीमा मात्र हुन्छ भन्ने हामिले भुल्न हुँदैन। जनताले सुख पाउनु नै पर्दछ । त्यो पनि भौतिक सुख र पहिलाभन्दा बढी सुख पाउनु पर्दछ । शान्तिमा नै सुखले स्थायित्व पाउने हुन्छ । तर माओवादीहरू होस् वा अन्य तानाशाहहरूले दिने सुख भनेको पहिला पुल भत्काउने पछि डुङ्गा पनि चल्न नदिने र पुनः डुङ्गा चल्न दिएर नदी तर्नलाई सजिलो बनाइदिएका छौ“ भन्ने सुख हो । अन्याय कम गरेर दिने सुख, त्यो पनि उनीहरूको अन्यायलाई मान्नु पर्ने

सुख पनि कहिलेकाँहि सुख भनिन सक्ने रहेछ । साई बाबाले भन्नु भएको सुखले भौतिक सुखलाई अस्वीकार गर्दैन । उहाँले अस्पताल बनाउनु भएको छ, विभिन्न सहयोगी कार्यहरू गर्नु भएको छ । तर काम गर्र्दै जाऊ र त्यसबाट प्राप्त सुखलाई मान । दुख गरेको परिणामबाट प्राप्त सुखलाई नै स्वीकार गर । अनावश्यक कल्पना नगर र अरुलाई सहयोग नगरी आँफू मात्र सुख नखोज भन्ने आसय बाबाको हुनु पर्दछ । धर्म गुरुहरूको सुखको परिभाषाले दुख पाउनको लागि प्रेरित गर्दैन बरु काम गर्दै जाने र आएको सुखमा सन्तुष्ट हुने, असंभव र अनावश्यक कुरामा मन नदिने तथा आफ्नो सुखलाई अरुको सुखसंग पनि तुलना गरेर अरुलाई पनि सुख दिने सोच लिन पर्दछ भन्ने मान्दछ । गतिशीलतामा विश्वास राख्ने योगी, धर्मात्माहरूको भनाइ लोकतन्त्र जस्तै वैज्ञानिक पनि छ ।

लोकतन्त्रमा सुखलाई विकास समेतका माध्यमबाट सबैलाई बाँड्न सकिएन भने बहुसंख्यक जनता दुखी हुन्छन् । उनीहरूले त्यसका विरुद्ध कार्य गर्न सक्दछन् । त्यतिबेला त्यो केहिले पाएको सुख क्षणिक हुन पुग्दछ । आज भ्रष्टाचार गरेर कमाएको धन भोिल अख्तियार लाग्यो भने त्यो सुख स्थायी हुन सक्दैन । तर सबै जनताको हित गर्दै आफ्नो पनि हित हेरेको सुखले स्थायित्व प्राप्त गर्दछ । चोरी हुँदैन, डाँका लाग्दैन, विरोध हुँदैन, ठगी हुँदैन वा त्यस्ता कार्यहरू कम हुँदै जान्छन् ।

त्यसैले वास्तविक लोकतन्त्रवादीहरूको लागि सुख भनेको विकास र समग्र समानतामा आधारित सुख हो । आनन्दलाई तुलनात्मक रुपमा हेर्न पनि सकिन्छ र प्रायः जोखिमबाट मुक्ति हुँदाको तत्कालिक खुसीलाई आनन्द मान्ने गरिन्छ । विकास गर्ने, मानवीय हितको कार्य गर्ने, विकासको फल जनतालाई उपयुक्त किसिमले बाँड्ने तथा समग्र जनतालाई ध्यान दिएर कार्य गर्ने हो भने त्यो कार्य दीर्घकालीन योजना जस्तै हुन्छ । लामो समयको अनुमान र त्यसको अनुशरणले कहिलेकाँहि वा बहुधा नयाँ ट्र««याकबाट राम्रो कार्य गर्न रोक्ने पनि हुन्छ । त्यसैले विकास र समानतालाई बढी आधार मानेर त्यसको प्रतिफललाई नै द्वन्द्वान्त्मक भौतिकवादको परिणाम मान्न सकिन्छ । समाज विकास क्रम कार्ल माक्र्स्ले व्याख्या गर्नुभन्दा पहिला पनि त भएको थियो भन्ने तथ्यबाट पनि यो प्रष्ट हुन्छ । लोकतन्त्र अर्थात् द्वन्द्वात्मक भौतिकवादको सबैभन्दा स्वभाविक समायोजन गरिएको वाद, प्रतिवाद र संवादको लगातार दोहोरिने क्रमवद्धता ।

क्रमश …..