शनिबार, बैशाख ८, २०८१

“सुख जीवन”

dongo

सुख जीवनको पर्याय बनोस्
दुखको का“डाले जीवन नबिझोस्
सुख जीवनको पर्याय बनोस्

यो जीवन एउटा यात्रा हो
बाँच्ने मर्ने एउटा बहाना हो
हिजो वर आज पर हो
खुशी फुलहरु बाटै भरी फुलोस्
आँशुका मुहानहरु सुकेर जाओस्
सुख जीवनको पर्याय बनोस्

न तिमीले वाटो भुलेको हो
न म बाटो बिच हराएको हो
हिजो एउटा आज अर्को बाटो त हो
नयाँ नयाँ मीठा मीठा साथ मिलोस्
एकान्तको कहिल्यै बास नहोस्
सुख जीवनको पर्याय बनोस

– गौतम डंगोल “सन्देश”