शनिबार, बैशाख ८, २०८१

सहमतिमा संविधान जारी गर्नुको विकल्प छैन : सभासद ढकाल

काठमाडौं श्रावण १४, नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले मुलुकमा विद्यमान संक्रमणकालको समापनको लागि सहमतिमा संविधान जारी गर्नुका् विकल्प नभएको बताउनु भएको छ । आज संविधानसभामा पत्रकारहरुसँग कुराकानी गर्दै सभासद ढकालले यसको लागि असन्तुष्ट दलहरुसंग तुरुन्त निर्णायक बार्ता गरि सहमतिको वातावरण बनाउानु पर्नेमा जोडदिनु भएको हो ।

Prabin-9999-60त्यस्तै उहाँले संविधान निर्माणमा बहुसंख्यक जनताका प्रतिनिधिको निर्णायक भूमिका हुने भएपनि बहुसंख्यकको पहिलो काम अल्पसंख्यकलाई विश्वासमा लिनु हो भन्दै फास्टट्रयाक को नाममा लोकतान्त्रिक पद्धति, संबिधान सभाको नियमावली र अन्तर्राष्ट्रिय अभ्यासलाई नजर अन्दाज गर्न नहुनेमा जोड संविधान निर्माणमा आफ्नो दलले सक्रिय भुमिका निर्वाह गरीरहेको बताउँनु भएको छ ।

त्यस्तै संविधानको जारी प्रारम्भिक मस्यौदामाथि सुझाब प्राप्त हुनु सकारात्मक हो भन्दै ढकालले अब दलहरुले सुझाबमा संलग्न नरहेका दलहरुसंग पनि छलफल गरि निचोड निकाल्नु पर्नेमा उहाँले विशेष जोड दिनुभएको थियो । साथै मस्यौदाको पहिलो मस्यौदामा जनजाती, दलित, मधेसी, शारीरिक अपांगता भएका ब्यक्ति, भाषिक तथा धामिर्क अल्पसंख्यक, पत्रकार, बुद्धिजिबी लगायतले बिरोध गर्नु गम्भीर बिषय भएकाले यसलाई हल्का रुपमा नलिन पनि दलहरुलाई आग्रह गर्दै पेशाकर्मी लगायत सरोकारवालाहरुले उठाएको विषयलाई तत्काल सम्बोधन गर्न पनि ढकालले मागगर्नु भएको छ ।