शुक्रबार, चैत्र १६, २०८०

सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्छ : मन्त्री निधि

काठमाडौं  आषाढ १९, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले नेसनल कोअपरेटर्स एलाइन्स नेपालको नवनिर्वाचित कार्यसमितिको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले हकारी सिद्धान्तअनुसार हुने जनताको सहभागिताले मात्र लोकतन्त्रको दिगो विकास हुने बताउँदै सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्ने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभागका प्रमुख बालकृष्ण खाणले मुलुकमा बढ्दो बेरोजगारीको समस्यालाई हल गर्नका लागि पनि सहकारी आन्दोलनलाई मर्यादित र सशक्त रूपमा अघि बढाउनु आजको आवश्यकता भएको पक्षमा जोड दिनु भएको थियो भने सभासद् ओमदेवी मल्लले सहकारीमा आबद्ध सबै तहका सदस्यले आआफ्नो जिम्मेवारी बोध गरी सहकारीको उद्देश्य हासिल गर्न लाग्नुपर्ने बताउँनु भएको थियो ।

कार्यक्रममा काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधर, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, एलाइन्सका अध्यक्ष डिल्लीराम तिवारी, सहअध्यक्ष सुरेन्द्रराज भण्डारी, महासचिव चन्द्रप्रसाद ढकाललगायतले सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन एलाइन्सको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभएको थियो ।