शुक्रबार, बैशाख ७, २०८१

सलाम छ लालबाबु तिमीलाई !

-फणीन्द्र फुयाल ज्वाला
सरकार उहि एमाले र काँग्रेसको । मन्त्रीहरु फरक । फरक मन्त्रिका फरक फरक स्वार्थ । सरकारको आयु लम्ब्याउने दाउमा कोहि त कोहि भूँडि भर्ने योजनामा, अनि कोहि सार्वजनीक रुपमा आलोचित भई नाम चर्चामा ल्याउन त कोहि असार पन्ध्र मनाउने बहानामा महिला माथि अभद्र ब्यबहार गर्नमा । कोहि बिच सडकबाटै डोरी पन्साउदै ट्राफिक नियमको वेवास्ता गर्दै बाटो काट्ने अनि कोहि भने यी अराजकताकाबीचमा क्रान्तिकारी कदम चाल्न ज्यानको बाजि थाप्दै कठोर निर्णंय गर्ने ।
यहाँ ती कु पात्र भन्दा पनि एक सज्जन पात्र अर्थात, नेपाल सरकारको बर्तमान मन्त्रि परिषद्का सदस्य एवम् सामान्य प्रशासन मन्त्रलाय सम्हालेका मन्त्रिले गरेका कामको बारेमा चर्चा गर्न खोजिएको हो । हो, काम गर्ने ले नैं बिगार पनि गर्छ । अन्जानमा गरिएको बिगारलाई एक पटकका लागि माफि दिन सकिएला तर नियतबस गरिएको बिगारलाई चाहिं के भन्ने र के दिने ? भैगो ती नियतबस बिगार गर्ने माननीयहरुको बातको पाटो अर्को लेखमा उतारौला । यतिबेला सामान्य प्रशास�� मन्त्रि लालबाबु पण्डित प्रायः सवैको वा वाही र तारिफका पात्र बनेका छन् । उनको क्रान्तिकारी बिचार र कार्यशैलीको खुल्ला दिलले प्रशंसा गर्नेहरुमा एनेकपा (माओवादी), नकेपा एमाले, नेपाली काँग्रेस, राप्रपा, मधेसवादीदलहरु, न्यायप्रेमी नेपाली र खाडी मूलुकको तातो घाममा ज्याला मजदुरी गर्ने आम नेपाली जिन्दगीहरु रहेका छन् । आखिरमा किन उनी सवैको प्यारो र सायद ईतिहासका सुनौला पानामा एक सफल मन्त्रिका रुपमा आफ्नो नाम लेखाउदै छन् त ?

timthumb

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कै पहल र लडाईका कारण डिभी, पिआरवाला कर्मचारीलाई बर्खास्त गर्नेगरी निजामती सेवाको चौंथो संशोधन पारित भएको छ । नेपालको नयाँ संविधानमा सो प्रवधान उल्लेख गर्नुअघि आफूले निकै ठूलो दबाब झेल्नुपरेको स्वयम् मन्त्रि पण्डितले बताउने गरेका छन् । मन्त्री भएलगत्तै डिभी, पिआर र ग्रिनकार्ड लिएर जागिर खाने कर्मचारीलाई बर्खास्त गर्ने गरी ऐन ल्याउन लागिपरेका पण्डितले ऐन पारित भएसँगै पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेरै सो कुरा सार्वजनीकरण गरेका हुन् ।

उनी भन्छन्,– ‘ठूलै दबाव थेग्नुपर्यो, मेरो ज्यानै जालाजस्तो स्थिति आयो, तर राष्ट्रिय स्वाभिमानका लागि काम गरेकाले अलिकति पनि डर लागेन ।’ आफूले ल्याएको नयाँ ऐनबारे दक्षिण एसियाली मुलुकहरुले समेत चासो राखेको उल्लेख गर्दै मन्त्री पण्डितले भन्छन्, ‘केही मान्छेहरु ऐन पारित हुनबाट रोक्न चाहन्थे ।’ उनको भनाई छ,– ‘जनताले पसिना बगाएर तिरेको करबाट तलव खाएर विदेशलाई स्वर्ग देख्नेहरु जति छन् तिनीहरु डिभी, पिआर त्यागेर नेपाल फर्कनुपर्छ, अन्यथा जागिरबाट हटाइन्छ, अनि मात्र युवाहरुले अवसर पाउँछन् ।’
विशेष गरी उनकै पहलमा भएको निजामती सेवाको चौंथो संशोधन लागू भएसँगै सरकारी जागिर खानेहरुले स्कुल, कलेज र एनजिओमा साइड जब गर्न समेत नपाईने भएको छ । त्यसरी साइड जब गर्नेहरुलाई भविष्यमासमेत अयोग्य ठहरिने गरी निष्काशन गरिने प्रवधानमा उल्लेख गरिएको छ । पण्डित भन्छन्,– ‘करेसावारीमा बिहान बेलुका तरकारी गोडमेल गर्न र कार्यालय समयबाहेक समाजसेवा गर्न रोकेको छैन, तर टेबुलमा टोपी र कुर्सीमा कोट छाडेर स्कुल, कलेज र एनजिओको काममा दौडनेलाई जागिरबाट बर्खास्त गरिने छ ।’

त्यस्तैगरी निजामती ऐन संसोधन भएसँगै भैंंसीरोग विशेषज्ञ गृह–सचिवमा बढुवा हुन नपाउने भएको छ । जो जुन सेवामा विज्ञ हुन्छ सोही सेवाको उच्च पदमा मात्र बढुवा हुनेगरी ऐन संशोधन भएको छ । मन्त्री पण्डितका अनुसार ‘मेकानिकल इन्जिनीयर अर्थसचिव बन्न नसक्नेगरी विशिष्टिकरण गरिएको छ ।’ तर यस अघि भने भनसुनका आधारमा पैसाको लोभ परेर एक काममा दक्षता र बिशेषज्ञता हासिल गरेका कर्मचारी फेद न टुप्पोको अर्कै मन्त्रालय र विभाग सम्हालेको इतिहास हाम्रो प्रशासनिक निकायमा छँदै छ ।

नयाँ नेपालको नारा भाषणमा दिएर मात्रै हुदैन । यो त व्यबहारमा उत्रनु पर्छ । बास्तवीक जीवनमा नेपाली जनताले त्यसको भोगचलन गर्न पाउनु पर्छ । निजामती सेवामा प्रवेश गर्दा अञ्चलिकरण पद्दतीअनुसार नाम निकालेकै ठाउँमा सात वर्षसम्म सेवा गर्नुपर्ने प्रावधानलाई घटाएर पाँच वर्षमा ल्याइएको छ । ऐन संशोधन भएसँगै अध्ययन बिदा लिएर विदेश गएकाहरु आफ्नो बिदा सकिएको तीस दिनभित्र स्वदेश फर्कनुपर्नेछ । अन्यथा सरकारले थप तीस दिनको समय दिएर बर्खास्तीको प्रक्रिया अगाडि बढाउने छ । पहिलेको फितलो र कतिपय अवस्थामा बाझिएका बुँदाहरुलाई समेत हटाएर अव बन्ने संबिधानमा यी विषयहरु प्रस्ट संग उल्लेख गरिएका छन् । संविधानमा उल्लेख भएका हरेक बुँदा र विषयहरुलाई अक्षरसः पालना र कार्यान्वयन गर्दै लैजान सकेको खण्डमा देशमा सुशासन पद्धतीको संस्थागत हुदै देश अग्रगमनको लोकमार्गमा दौडनेमा कसैको दुईमत नहोला ।

अव सरकारले नेपाली राष्ट्रसेवहरुको एक एक छानवीन गरी तथ्यांक निकालेर को को विदेशको डिभी र पीआर गोजिमा बोकेर खोक्रो राष्ट्र सेवकको हँुकार पिटी रहेका छन् तिनीहरुलाई तह लगाईहाल्नु पर्ने समय आएको छ । त्यस्ता राष्ट्र सेवकहरुलाई कि जागिर छोड कि डिभि पीआर छोड भनेर कडाईका साथ कार्यान्वयन भएको हेर्न नेपाली जनता आतुर छन् ।
नयाँ नेपाल एकै पटक बन्ने होइन यसैगरी बिस्तार बिस्तार अग्रगामी पाईला चाल्दै जाने हो । एक दिन सगरमाथाको चुचुरोमा अवस्य पुगिन्छ । त्यसैले सलाम छ लालबाबु तिमीलाई । नयाँ नेपालमा बन्ने नयाँ सरकारका नयाँ मन्त्रिहरु यस्तै नयाँ नयाँ काम गर्ने जोश र जाँगर बोकेर आउन सकून स्वागत छ नव आगन्तुकहरुलाई ।

प्रतिक्रियाको लागि: samabeshi@gmail.com

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु