शुक्रबार, चैत्र १६, २०८०

सञ्चारमन्त्री डा रिजाल थाइल्यान्ड प्रस्थान

काठमाडौ आषाढ २३, सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल एसिया प्यासिफिक अल्ट्रा ब्रोडब्यान्ड फोरम, २०१५’ मा भाग लिन आज थाइल्यान्डको बैंकक प्रस्थान images (1)गर्नुभएको छ ।  हुवाइ टेक्नोलोजिज कम्पनीले आयोजना गरेको सो दुईदिने सम्मेलनमा विश्वस्तरमा विकसित भइरहेका अल्ट्रा ब्रोडब्यान्डको सम्भावना र चुनौतीबारे छलफल हुनेछ । सम्मेलनमा सरकारी उच्च अधिकारी, विज्ञ तथा सम्बन्धित कम्पनीका उच्च प्रतिनिधि सहभागी हुनेछन् । मन्त्री रिजालसँगै मन्त्रालयका सहसचिव पुरुषोत्तम तिवारी पनि कार्यक्रमका लागि प्रस्थान गर्नुभएको मन्त्रालयले जनाएको छ ।