बुधबार, बैशाख १२, २०८१

संविधान घोषणा भएकै दिन च्यातेर आन्दोलनमा उत्रिने माओवादी अध्यक्ष वैद्यको चेतावनी

काठमाडौ श्रावण १४, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले यो संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने दावी गर्नुभएको छ images। केही राजनीतिक पार्टीहरुले इतिहास उल्ट्याउँदै जनविरोधी संविधान ल्याउन लागेको बैद्यले बताउनुभयो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष बैद्यले जनविरोधी संविधान घोषणा भएकै दिन च्यातेर आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो । आफूहरु पश्चगामी संविधानको पक्षमा नभएको उल्लेख गर्दै अध्यक्ष बैद्यले जबरजस्त पश्चगामी संविधान लादिए क्रान्तिको अर्को अध्याय सुरु हने पनि बताउनुभयो ।