शुक्रबार, चैत्र १६, २०८०

संविधानको प्रारम्भिक मस्यौदा ध्वनि मतका आधारमा पारित

जनसुझाव सङ्कलनका लागि नागरिक समितिलाई १५ दिनको समय

काठमाडौं आषाढ २२,  नेपालको नयाँ संविधानको प्रारम्भिक मस्यौदा माथिको जारी छलफल आजबाट सकिएको छ । छलफलको क्रममा संविधानको मस्यौदामाथि झण्डै चारसय जना सभासदले टिप्पणी गर्दै आ आफ्ना विचार र सुझाव दिएका थिए । त्यसपछिे बैठकमा छलफलमा उठेका विषयवस्तुबारे मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनु भएपछि सभाध्यक्ष सुवास नेम्वाङले सो मस्यौदालाई नेपाल राजपत्रमा प्रकाशन गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा संविधानसभाले ध्वनि मतका आधारमा उक्त प्रस्ताव बहुमतले पारित गरेको छ ।

त्यसपछि सभापति सिटौलाले प्रस्तुत गरेको मस्यौदा विधेयकको पहिलो मस्यौदाको प्रचारप्रसार गर्न, सुझाव सङ्कलन गर्न र सोबारे प्रतिवेदनसमेत बुझाउन १५ दिनको समय तोकी नागरिक सम्बन्ध तथा सुझाव समितिलाई जिम्मा दिनेसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको हो ।

त्यस पछि १५ दिन जनमत संकलन गरेपछि नागरिकबाट आएका सुझाव तथा अभिमतका बारेमा संवैधानिक तथा सम्वाद समितिमा फेरि छलफल गर्दै प्राप्त निष्कर्ण अनुरुप सम्वाद समितिले आवश्यक परिमार्जनका लागि प्रतिवेदन संविधानसभामा पेस गरेपछि मस्यौदालाई अन्तिम रुप दिएपछि यसलाई विधेयकका रुपमा प्रस्तुत गरिनेछ । संविधानसभासभाको अर्काे बैठक २४ गते बिहान ११ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु