शुक्रबार, बैशाख ७, २०८१

विद्यार्थी र सभासदवीच अन्र्तक्रिया

काठमाडौं श्रावण ११, राष्ट्रको भविष्य सुनिश्चत गर्ने वहुप्रतिक्षित संविधानको मस्यौदाले मेचीदेखि महाकाली अनि कर्णालीदेखि काठमाडौंलाई व्युँझाएको छ । बालबालिकादेखि वृद्ध वृद्धासम्म यो सरोकार र चासोको विषय बनेको छ राजधानीको । जन प्रतिनिधिहरू 20150727_anup_12 20150727_anup_15फेरि एक पटक जनता माझ पुगेका छन् । सोही प्रसङ्गमा राजधानीका घट्टेकुलोस्थित सूर्योदय आ.मा.विले आफ्नो विद्यार्थी, शिक्षकरशिक्षिकासमक्ष संविधानका अभियन्ता जनताका सारथी सभासदहरूसँग मस्यौदा प्राथमिकताका साथ उठेका राष्ट्रिय मुद्दामा बहस तथा अन्रक्रिया गरेको छ ।

 अन्तरक्रियामा नेपाली कांग्रेसका सभासद नविन्द्रराज जोशी र एमालेका सभासद मोहन वानिया उपस्थित हुनुहुन्थ्यो । त्यस क्रममा विद्यार्थीहसँगको सालिन प्रश्नोत्तरमा रहनुभएका सभासदहरूले शिक्षा, नागरिकता, बालअधिकार, शासकीय स्वरुप, मौलिक हक, सिमाङ्कन, नामाङ्कन, सङ्घीयता लगायतका विषयमा गम्भीर छलफल भएको थियो । यस क्रममा सभासद जोशीले भबिष्यका सपना विद्यार्थीसँग साक्षत्कार गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

यसै गरी अर्का सभासद मोहन वानियाले हामी सबैमा जीवित शरीरमा जीवित आत्मा हुनुपर्ने जसले देश विकासतर्फ मोडिने कुरामा विकल्प नभएको बताउँनु भएको विद्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु