शुक्रबार, चैत्र १६, २०८०

लोकतान्त्रिक संविधानले सबै नेपालीको सुनौलो भविष्यको मार्ग प्रसस्त गर्छ : वरिष्ठ नेता देउवा

जनभावना विपरीत गरिएको धर्मनिरपेक्षताको सवालमा जनमत संग्रहको माग

काठमाडौ श्रावण ५, संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि जनसुझाव संकलनको लागि निर्धारण गरेको मिति अन्र्तगत आज दोस्रो दिन काठमाडौँ क्षेत्र नं ३ को सुझाव सङ्कलन कार्यक्रमका उपस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमलाई सम्बोधन गर्दै जनादेशअनुरुप गठित संविधानसभाले संविधानको पहिलो मस्यौदा पारित गरेर राय सुझावका लागि जनसमक्ष ल्याएको बताउँदै जायज सुझाव संविधानमा समेटिने आश्वासन दिदै बहुलवादमा आधारित लोकतान्त्रिक संविधानले सबै नेपालीको सुनौलो भविष्यको मार्ग प्रसस्त गर्ने बताउँनु भएको छ ।

त्यस्तै सम्बोधनको कार्यक्रम पछि संविधानको प्रारम्भिक मस्यौदामा आफ्ना अभिमत जाहेर गर्दै निर्वाचन क्षेत्र नं ३ र ४ का जनताले मुलुकलाई हिन्दू राष्ट्रका रूपमा कायम गर्दै राजनीतिक दलका नेताहरूको निर्णयका आधारमा जनभावना विपरीत गरिएको ‘धर्मनिरपेक्ष’ घोषणा खारेज गर्दै यसको लागि जनमत संग्रह गरिनु पर्नेमा माग गरेका छन ।  त्यस्तै सुझाव संकलनको क्रममा सहभागी जनताले लोकतान्त्रिक शासन पद्धतिमार्फत देश र जनताको उज्जवल भविष्यका लागि अब बन्ने संविधानमा सङ्क्षिप्त प्रस्तावना, सिमानासमेत तोकेर पाँच प्रदेशको व्यवस्था गर्नुपर्ने र नागरिकता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र थ्रेसहोल्डको जस्ता मुलभूत एजेन्दामा सहजीकरण गर्नु पर्ने लगाएतका सुझाव दिएका छन ।

त्यस्तै सुझाव संकलन केन्द्रमा सुझाव दिन आएका जनजाती अगुवा आङकाजी शेर्पाले गैरराजनीतिक एवम् अमर्यादित ढङ्गले भाषण गर्दै मस्यौदाको प्रति मञ्चबाट च्यातेर फ्याँकेपछि केहीबेर सुझाव सङ्कलन केन्द्रमा तनाव भएको थियो ।