बुधबार, बैशाख १२, २०८१

राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिद्दारा आन्दोलनको घोषणा

काठमाडौं आषाढ २७, २०७२ असार गते राप्रपा नेपाल समानान्तरको केन्द्रीय समितिको गत आषाढ २२ र २३ गते राजधानीमा सम्पन्न कार्यसम्पादन समितिको बैठकले संविधानको प्रारिम्भक मस्यौदमा बहुमत नेपाली जनताको भावना कदर नगरी धर्म परिवर्तनलाई छुट दिएको, जनताको राय लिन निर्धारण Untitled-1गरेको समय अपर्याप्त र अव्यवहारिक भएको भन्दै उपत्यका केन्द्रीत विरोधका कार्यक्रमको घोषणा गरेका छन ।

समानान्तरको केन्द्रीय समितिका प्रवक्ता सगुनसुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा आगामी श्रावण १ गतेदेखि राजधानीको रत्नपार्कस्थित शान्तिबाटीका अनिश्चितकालीन रिले अनसन सुरु गर्दै स्वाधीन नेपाली भूमी लिपुलेकलाई लिएर छिमेकी मित्रराष्ट्र भारत र चीनले द्विपक्षीय व्यापार संझौता गरेको विरोधमा भारतीय तथा चिनिया दुतावासमा ज्ञापन पत्र बुझाउँने देखि विरोध स्वरुप उपत्यकाको विभिन्न स्थानमा कोणसभाको आयोजना गर्ने उल्लेख गरेका छन ।