बिहिबार, बैशाख १३, २०८१

राप्रपा नेपाल समानान्तरले संविधानको मस्यौदा जलाए

काठमाडौं श्रावण ४, राप्रपा नेपाल समानान्तरले आज जारी संविधानको प्रारम्भिक मस्यौदा नेपाल र नेपालीको हितमा नभएको, विदेशीको इशारामा तयार गरिएको तथा बहुसंख्यक नेपाली जनताको चाहनामाथि घाट गरेको भन्दै विरोध स्वरुप संविधानको मस्यौदाको जलाएको छ 20150720_180555। भक्तपुर जिल्लाका विभिन्न स्थानमा कोण सभा सम्पन्न गरेपछि जनतालाई साक्षी राखेर संविधानको मस्यौदा जलाइएको हो । संविधानको मस्यौदा चार दलीय भागवण्डाको प्रतिविम्ब भएको ठहर गर्दै संचालन गरिएको विरोध कार्यक्रमको चौथो दिन संविधानको मस्यौदा जलाइएको हो ।

संवैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र, पूर्ण स्वायत्त शासन व्यवस्था एवं नागरिकतामा आमा वा बाबुलाई समान अधिकार प्रदान गरियोस् भन्ने चार बुँदे माग अघि सार्दै राप्रपा नेपाल समानान्तरले जनतामाझ पुगेर विरोध कार्यक्रम संचालन गर्दै आएको छ ।

त्यसै श्रावण ५ गते केन्द्रीय समितिको तर्फ बाट संविधानसभाध्यक्ष लाई र जिल्ला समितिकाृ तर्फबाट देशका ७५ जिल्लामा संविधानमा समावेश हुनु पर्ने विषयहरु समेटीएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउने कार्यक्रम रहेको प्रवक्ता सगुनसुन्दर लावती
द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।