शनिबार, बैशाख ८, २०८१

राप्रपा नेपालले स्थानीय निर्वाचनका लागि उपत्यकास्तरीय सम्मेलन गर्दै

काठमाडौ आषाढ २१, राप्रपा नेपाल स्थानीय निकाय प���िचालन विभागले अषाढको अन्तिम साता स्थानीय सर्वदलीय संयन्त्रका प्रतिनिधिको उपत्यकास्तरीय raprapa-nepalसम्मेलनको आयोजन गर्ने भएको छ ।

सम्मेलनमा स्थानीय निकायको अभावमा त्यस क्षेत्रमा खट्किएका विविध समस्याका बारेमा छलफल गरी स्थानीय निर्वाचनका लागि दबाब र पार्टीको स्थानीय तहमा आन्तरिक सुधारका विषयमा छलफल गर्ने लक्ष्य सहित आयोजना गर्न लागेको उक्त सम्मेलनले स्थानीय निर्वाचनका लागि दबाब दिने तयारी सम्मेलन संयोजन समितिको रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै स्थानीय निकाय परिचालन विभागका प्रमुख राजाराम श्रेष्ठलाई उदृत गर्दै प्राप्त समाचारमा मुलुकमा करिब १५ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको र यसवीचमा जनताका समस्या समाधान गर्न तथा स्थानीयप्रति जिम्मेवार बन्न नसकेकाले छिट्टै निर्वाचनको वातावरण बनाउन सम्मेलन आयोजना गरिएको उल्लेख गरिएको छ ।