शनिबार, बैशाख ८, २०८१

युनियन सम्बद्ध सञ्चारकर्मी एक भएर अगाडि बढ्नु पर्नेमा काँग्रेस प्रचार विभाग प्रमुख डा.रिजालको जोड

काठमाडौ आषाढ २२, नेपाल प्रेस युनियन उपत्यका समन्वय समितिद्वारा आज राजधानीमा प्रेस युनियनको सङ्गठन सुढृढीकरणको प्रसंगमा अवलम्न गरिनु पर्ने सवालको पहिचान गर्न उपत्यकास्तरीय रणनीतिक छलफलको आयोजना गरेको छ । छलफलमा उपत्यकाका पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने युनियन आवद्ध पत्रकारहरुबाट संगठनको विद्यमान अवस्था र भावि दिनमा अवलम्न गरिनु पर्ने कार्यनिति प्रस्तुत गरिएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुखअतिथी नेपाल सरकारका सञ्चारमन्त्री एवम् काँग्रेस प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले प्रेस युनियन सम्बद्ध सञ्चारकर्मी वैचारिक रुपमा एक भएर अघि बढ्नु पर्नेमा जोड दिदै आमसञ्चार क्षेत्रको विकासका लागि आमसञ्चार प्रतिष्ठान आवश्यक रहेको र यसको लागि नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको सम्झनामा कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान स्थापना गर्न प्रसंगमा कुरा अगाडि बढाउँदा पत्रकार महासङ्घको वर्तमान नेतृत्व अनिच्छुक देखिएको बताउँदै उहाँले संविधानको प्रारम्भिक मस्यौदामा सञ्चारकर्मीको अधिकार समेट्न पत्रकार महासङ्घको धारणा माग्दा धारणा दिन समेत अलमल गरेको बताउनुभएको छ ।

युनियनका पूर्व अध्यक्षद्दय कुलचन्द्र वाग्ले, मुरारी शर्मा , पूर्वउपाध्यक्ष गङ्गाधर पराजुली, काँग्रेस प्रचार विभाग सदस्य दामोदर दवाडी, पत्रकार महासङ्घका पूर्वसचिव जगत नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहाललगायतले आम पत्रकारका कल्याणका लागि युनियन विभाजित गुट उपगुटको जङजालमा फस्न नहुँने बताउँदै गर्दा युनियनका केन्द्रीय अध्यक्ष बद्री 21सिग्देलले युनियनको सङ्गठन विस्तार एवम् सुदृढीकरणका लागि मेचीदेखि महाकालीसम्मको अभियानलाई तीव्र पारिने जानकारी दिनु भएको थियो । कार्यक्रममा उपत्यका समन्वय समितिका संयोजक नीरज खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो ।