शनिबार, बैशाख ८, २०८१

युनियनद्दारा ज्यान मार्ने धम्कीको भत्र्सना सहित कारबाही गर्न माग

काठमाडौ अषाढ २२, नेपाल प्रेस युनियनले ‘रेडियो शालिग्राम’ पर्वतका स्टेसन म्यानेजर ओम घायललाई ज्यान मार्ने धम्की दिइएकोमा भत्र्सना गरेको छ । (587218864) union-press note 2072-3-22-om-ghayalरेडियोमा प्रसारण भएको समाचारको विषयलाई लिई घायललाई कालीगण्डकी क्रसर उद्योगका सञ्चालक रामकृष्ण मल्लले ज्यान मार्ने धम्की दिएको युनियनले जनाएको छ । ‘कालीगण्डकी नदी, पोखरा बागलुङ राजमार्ग र प्रसिद्ध दिव्यधाम सहश्रधारालाई समेत अतिक्रमण गरेर पर्वतको सहश्रधारामा सञ्चालन गरिएको उद्योगका सञ्चालक’ मल्लले आफ्नो कारोबारका विषयमा समाचार प्रसारण गरेकाले घायललाई आक्रमणको धम्की दिएको युनियनको विज्ञप्तिमा उल्लेख छ ।

युनियनका महासचिव अजयवावु सिवाकोटीद्वारा आज जारी प्रेस नोटमा नेपाल प्रेस युनियन पर्वतका संस्थापक, नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका केन्द्रीय उपाध्यक्ष र ‘मोदीकाली’ साप्ताहिकका सम्पादक घायललाई शारीरिक आक्रमणको धम्की दिएर मानसिक तनावसमेत दिने मल्ललाई कारबाही गर्न माग गरिएको छ ।