शुक्रबार, बैशाख ७, २०८१

यी १० कारण नबुझेपछि तपाई नमोटाए को मोटाउँछ त ?

एजेन्सी, दिनदिनै दौडिनुहुन्छ, यो गर्नुहुन्छ । खाना बार्नुहुन्छ । क्यालोरी नाप्नुहुन्छ । तर पनि मोटाउनु छोड्नुभएन । के भयो त ? पक्कै केही न केही गडबडी why-fatछ । तपाईको भोजन यी १० कारणले स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । डेलिमेट डटकममा शारीरिक प्रशिक्षक जेम्स स्टेरिङले डाइटिङबारे केही सुझाव दिएका छन् । १० वटा कारणले गर्दा हामीले खाने भोजनले नकरात्मक असर गर्ने कुरा उनले बताए ।

के तपाई धेरै पानी पिउनुहुन्छ ?
पानी धेरै पिउनाले शरीरको तौल नघटेता पनि यसले भोकलाई कम गर्छ र खाइराख्ने बानीलाई हटाउँछ । धेरै मानिसले तिर्खालाई भोक भनेर गलत बुझ्ने गर्दछन् । उनीहरु पानी कम खाना बढी खाने गर्दछन् । त्यसैले एक दिनमा कति पानी खाने भन्ने कुरा mineral-drinking-waterमहत्वपूर्ण हुन्छ । पानी कति खाने भनेर निर्धारण गर्न यो फर्मुला प्रयोग गर्न सकिन्छ । तपाईको तौल कति पाउण्ड छ जोख्नुहोस् ।

तपाईको तौललाई दुईले भाग गर्नुहोस् अनि भागफललाई ०.०२८ ले गुणन गर्नुहोस् र उक्त गुणनफल नै तपाईले एक दिनमा कति लिटर पानी खाने भन्ने कुरालाई जनाउँछ ।

जस्तो तपाईको तौल १२८ भएदेखि त्यसलाई २ ले भाग गर्दा ६४ हुन आउँछ । अव ६४ लाई ०.०२८ले गुणन गर्नुहोस् र गुणनफल १.७९२ हुन आउँछ । यसको अर्थ अब तपाईले १.७९२ लिटर पानी पिउनु राम्रो हुन्छ ।

तर दैनिकरुपमा व्यायाम गर्ने व्यक्तिले भने शरीरमा क्षय भए अनुरुपको पानी पिउनुपर्छ । र, तपाईले के ख्याल गर्नुपर्छ भने हाम्रो शरीरले व्यायाम गरेको ९० मिनेटमा अधिकांश काब्रोहाइड्रेटलाई खपत गर्ने गर्छ ।

YOgaके तपाईले भोजनको मात्रालाई सधैं नियन्त्रण गर्नुहुन्छ ?
भोजनको सचेतरुपमा नियन्त्रण गर्दा यसले तौल घटाउनमा महत्वपूर्ण सहयोग गर्छ र यो ज्ञानबिना हामीले के खादैं छौ भन्ने कुरा थाहा पाउन सक्दैनौ । आवश्यक मात्रामा सन्तुलित भोजन खानुपर्छ तर कति प्रोटिन, कति काव्रोहाइड्रेट कति फ्याट र कति भिटामिन खाने भनेर नाप्दै हिड्न भने सकिदैन ।
कुन कुन पोषण तत्व कति लिने भन्ने थाहा छ ?
यसलाई निर्धारण गर्न निकै कठिन छ किनभने यो तपाईको शरीरको आकार, क्रियाकलापको तह र लक्ष्यमाथि निर्भर हुन्छ । यदि तपाईले महत्वपूर्ण पोषणतत्वहरु खान भुल्नु भयो भने वा खाना खाने समयलाई मिलाउनु भएर तपाईले इच्छाए बमोजिमको शरीर बनाउन सक्नुहुन्न । तर खानामा एकरुपता, पोषणको ज्ञान र शरीरको आवश्यकता अनुसार खाना खानाले तपाई स्वस्थ हुनसक्नुहुन्छ ।

डाइटिङ मात्रै गर्नुहुन्छ कि व्यायाम पनि ?
यदि तपाईको तौल घटिरहेको छ भने यो राम्रो कुरा हो तर तौल घट्दैमा शरीरको फ्याट घट्दैन । त्यसकारण पनि फ्याट घटाउन डाइटिङ मात्रै होइन व्यायाम पनि गर्नुहोस् ।

के तपाई ओमेगा ३ (माछाको तेल वा शाकाहारी भए एल्जी प्रयोग) प्रयोग गर्नुहुन्छ ?
तौल घटाउनका लागि ओमेगा ३ निकै सफल भएका छन् । यसको कारण के हो भन्दा अन्य फाइदाको साथसाथै ओमेगा ३ ले तपाईको शरीरका सेललाई तरल बनाईराख्दछन् जसले गर्दा सेलहरु इन्सुलिन प्रति संवेदनशील हुन्छन् । यसको अर्थ के हो भन्दा जब सेल तरल हुन्छ तव शरीरमा फ्याट जम्मा हुन पाउदैन । त्यसै गरी शाकाहारीका लागि एल्जी शरीरका सेललाई तरल बनाउन निकै सहयोगी हुन्छन् ।

तपाईले कति चाँडो खाना खानुहुन्छ ?
के तपाइले चाँडो खानुहुन्छ ? के खानालाई कम चपाएर निल्नुहुन्छ ? त्यसो हो भने अब ढिलो खानुहोस् र राम्रोसँग चपाएर मात्र निल्नुहोस् । तपाई अघाउनु भयो भनेर दिमागलाई जानकारी दिने हर्मोन निकाल्न पेटलाई झण्डै २० मिनेट लाग्ने र चाँडो खाँदा तपाईले आफ्नो शरीरलाई खाएको खाना चिन्न पर्याप्त समय दिन नसक्ने भएकोले ढीलो खाँदा राम्रो हुन्छ ।

के उत्तम फ्याटको मात्रालाई सन्तुलित रुपमा लिनु भएको छ ?
आहारमा फ्याट मिलाउँदाका फाइदाहरु मध्य एउटा फाइदा भनेको फ्याटले शरीरका हर्मोन निर्माण र सन्तुलनमा महत्वपूर्ण कार्य गरेका छन् ।

क्यालोरीलाई नाप्नुहुन्छ ?
why fat1क्यालोरी न��पेर खानाले तौल घट्छ तर यसभन्दा अगाडि क्यालोरी के हो भन्ने कुरा बुझ्नु आवश्यक छ । क्यालोरी एउटा इकाइ हो जुन १ डिग्री सेल्सियस तापक्रमद्धारा १ लिटर पानी बढाउन आवश्यक पर्छ । क्यालोरी मापनमा पाचन प्रणालीलाई ध्यान दिइएको हुदैन ।

के तपाईले रक्सी पिउनुहुन्छ ?
जब तपाईले रक्सी पिउनुहुन्छ तब तपाईको कलेजोले रक्सीलाई एसिटेटमा बदल्छ । उक्त एसिटेट रगतमा मिसिन्छ । रगतमा मिसिएको एसिटेटले फ्याटलाई भन्दा पनि आफै इनर्जीको श्रोतको रुपमा काम गर्छ जसका कारण शरीरले फ्याटलाई होइन कि एसिटेटलाई इनर्जीमा रुपान्तरण गर्छ । त्यस कारण पनि रक्सी पिउनाले मोटोपना घट्नुको साटो बढ्छ ।

तपाई कति सुत्नुहुन्छ ?
sleepingप्रत्येक रात कति सुत्नुहुन्छ भन्ने कुराले तपाईको शारीरिक क्षमतालाई निर्धारण गर्दछ । जब तपाई कम सुत्नुहुन्छ तब खानाको रुची बढाउने हर्मोन ग्रेलिन बढ्दछ वा खानाको रुची कम गराउने हर्मोन लेप्टिन घट्छ । यसले गर्दा शरीरको मेटाबोलिजम सुस्त हुन्छ र तौल वृद्धि हुन्छ । sajhapost@gmail.com

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु