शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ अर्थमन्त्री महतप्रति नेत्री कोइरालाको आक्रोश

विराटनगर श्रावण १, नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सीमाङ्कनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताउँदै सीमाङ्कनकै बहानामा संविधान जारी गर्ने समय Sujata-Koiralaलम्ब्याउन नहुने धारणा व्यक्त गर्नु भएको समाचार प्राप्त भएको छ ।

त्यस्तै तेत्री कोइरालाले मुलुकमा सङ्घीयता नआउने विषयमा शङ्का नगर्न भन्दै संविधानका कतिपय विषयमा आफुहरुलाई पनि  चित्त नबुझेको र आवश्यक परेको खण्डमा भविष्यमा संविधान संशोधन हुन सक्ने जनाउँदै उहाँले आव ०७२/७३ को बजेटमा तनहुँस्थित गिरिजाप्रसाद कोइराला अस्पतालका लागि रकम नछुट्याइएकोमा अर्थमन्त्री महतप्रति आक्रोश व्यक्त गर्नुभएको समाचारमा उल्लेख गरिएको छ।