बिहिबार, बैशाख १३, २०८१

यमनमा जारी हुती विद्रोह नियन्त्रणमा परिचालित गठबन्धन सेनाद्वारा युद्धविरामको घोषणा

एजेन्सी श्रावण १०, यमनमा जारी हुती विद्रोह नियन्त्रण गर्न परिचालित सउदी अरब नेतृत्वको गठबन्धन सेनाले पाँच दिने युद्धविरामको घोषणा गरेको छ । पाँच दिने संघर्ष विराम गरेको छ । यमनको ताइज सुबे राज्यमा गरिएको हवाई आक्रमणमा सर्वसाधारण मारिएपछि yemanसउदी अरबले संघर्ष बिराम गर्ने घोषणा गरेको हो ।

यसबाट यमनी नागरिकलाई केही समय भएपनि राहत दिने सउदी अरब सरकारको दावी छ । यमनी राष्ट्रपति मंसुर हादीको आग्रह अनुसार सउदी अरबका बादशाह शाह सलमान संघर्ष बिराम गर्न तयार रहेको बुझिएको छ । यसअघि पनि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा एक हप्ते संघर्ष विराम गरिए पनि सफल भएको थिएन ।  यमनमा हुती बिद्रोहीले बर्षौदेखि गर्दै आएको आतंकवादी आक्रमणमा सयौं मारिएपछि सउदी अरबको गठबन्धन सेनाले हुती विद्रोहीबिरुद्ध आक्रमण गरिरहेको छ ।