बिहिबार, बैशाख १३, २०८१

मुख्य सचिवलागि काँग्रेस र एमालेवीच रस्साकस्सी सुरु, सुवेदी र खनाल वेलगाम दौडमा

काठमाडौं श्रावण ५, संविधान घोषणापछि एमाले नेतृत्वको सरकार गठन हुँने चर्चा चल्दै गर्दा सरकारको मुख्य सचिवमा पनि एमाले निकटकै चहेता सचिव जयमुकुन्द खनाललाई मुख्य सचिवमा नियुक्त गर्ने रस्साकस्सी सुरु भएको छ । समाचार स्रोतका अनुसार यसका  लागि एमालेका शिर्ष नेताहरुले अहिले नै प्रधानमन्त्री सुशील कोइरालालाई मुख्य सचिवमा जयमुकुन्द खनाललाई नियुक्त गर्न गोप्य आग्रह गरिरहेको बसझिएको छ । आगामी श्रावण २३ गते मुख्य सचिव लीलामणि पौडेलको अवकाश हुँदैछ र त्यही दिन मुख्य सचिवको नियुक्ति गर्नुपर्ने भएकाले एमाले वृतमा अहिले डूलै चलखेल हुँदै गरेको बुझिएको छ ।

तर प्रधानमन्त्री सुशील कोईरालाल भने सत्तासाझेदार दल एमालेको आग्रहबाट झोक्किदै आफुले सत्ता छोडनु पर्ने बाध्यता सिर्जना गर्ने एमालेको आग्रह मान्ने मनस्थितीमा नभएको र मुख्य सचिवका उम्मेदवार मध्ये कांग्रेस निकट मानिएका सोमलाल सुवेदीलाई मुख्य सचिव नियुक्त गर्ने सोचमा रहेको बुझिएको छ । त्यसो त काँग्रेसका केही मन्त्रीहरु पनि सुवेदीलाई मुख्य सचिव बनाउँनु पर्ने लविङमा रहेको स्रोतले जनाएको छ । , अहिले मुख्य सचिवका लागि ३ जना उम्मेदवार क्रमस सोमलाल सुवेदी, जयमकुन्द खनाल र श्रीधर गौतम दौडमा रहेका छन । यो दौडमा कांग्रेस निकटका सोमलाल अगाडि पर्छन् कि एमाले निकटका जय मकुुन्द खनाल त्यो प्रतिक्षाकै प्रसंग भएको छ ।