शनिबार, बैशाख ८, २०८१

महासमितिद्दारा स्वयम्भूनाथका महत्वपूर्ण सामग्री व्यवस्थापन गर्दे

काठमाडौ आषाढ २३, महाभूकम्पका कारण क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत राजधानीको स्वयम्भू परिसरमा रहेका महत्वपूर्ण सम्पदाको सुरक्षित IMG_3749sjh_eventPHotograpHY_second earthquake_swoyambhu_2072व्यवस्थापन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले सुरु गरेको छ ।

महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले महाभूकम्पका कारण अनन्तपुर, शान्तिपुर, प्रतापपुर, टासी गोर्मा चैत्यलगायतका स्थानमा भएका प्राचीन महत्वका इँटा, काठ तथा केही मूर्तिलाई करिब एक किलोमिटर तल रहेको पार्किङ आसपासका क्षेत्रमा सुरक्षित गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै महासचिव बुद्धाचार्यले प्राचीन महत्वका सामग्रीको व्यवस्थापनको लागि तीन दर्जन भन्दा बढि ज्यामीलाई परिचालित गरिएको जानकारी दिनु भएको छ ।