बिहिबार, बैशाख १३, २०८१

मस्यौदा नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौ आषाढ १७, संविधानसभाको आजको बैठकले मस्यौदा समितिले तयार गरेको विधेयकको पहिलो मस्यौदालाई सैदान्तिक सहमति लिई जनताको प्रतिक्रिया प्राप्त गर्नको लागि नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विरोधकाबीच उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

biccआजको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले बैठक सुरु भएको घोषणा गर्नासाथ संविधानसभा नियमावली २०७० को नियम १६९ बमोजिम नियम ९३ को उपनियम ३ लाई नियम निलम्बन गर्ने सम्वन्धी प्रस्ताव प्रस्तुत् गर्न सभासद् चिनकाजी श्रेष्ठलाई अनुमति दिनासाथ सभासद् विश्वेन्द्र पासवान सहितसङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टी, राप्रपा नेपाललगायतका सभासद्ले रोष्टम अगाडि आई नाराबाजी गर्दै विरोध जनाउनुभएको थियो ।
तर विरोधको बाबजूत सभासद् चिनकाजी श्रेष्ठले निलम्वनसम्वन्धि प्रस्तुत प्रस्तावमा सभासद्द्वय अग्निप्रसाद खरेल र गिरिराजमणि पोखरेलले समर्थन जनाउँनु भएको थियो । संविधानसभाको अर्काे बैठक शुक्रबार दिनको १ः०० बजे बस्ने छ ।