शनिबार, बैशाख ८, २०८१

मस्यौदाको अध्ययन गरेर आवश्यक सुझाव दिन काँग्रेस प्रचार विभागका प्रमुख डा.रिजालको आग्रह

प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउँने आफ्नो कुनै लक्ष्य नभएको  प्रस्टोक्ति

काठमाडौं श्रावण ३ , ताप्लेजुङमा कार्यकर्ता भेटघाट कार्यक्रमको क्रममा ईलाम पुग्नु भएका नेपाल सरकार प्रवक्ता एवम सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले ईलाम काँग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमम संविधानको जारी प्रारम्भिक मस्यौदाको अध्ययन गरेर minendra-riajal-300x200संविधानको मस्यौदामा थपघट गर्नुपर्ने प्रसंगमा आवश्यक सुझाव दिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ

साथै त्यस अवसरमा काँग्रेस प्रचार विभागका प्रमुख समेत रहेका मन्त्री रिजालले नयाँ बन्ने संविधानले सबैको अधिकार सुनिश्चित हुने र लोकतान्त्रिक संविधान बन्ने विश्वास व्यक्त सहित कर्यक्रममा उठेको जिज्ञासाको सम्बोधन गर्ने क्रममा अपाङ्गका हक र अधिकारको स्थापनाको लागि आफुलृ सक्दो पहल गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रममा सभासद् केशव थापा, सुजाता परियारलगायत जिल्ला कार्यसमितिका पदाधिकारी र अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच आजै पाँचथरको सदरमुकाम फिदिममा आज आयोजित अर्को एक कार्यक्रममाा कार्यकर्ता भेटघाटमा उहाँले प्रेस स्वतन्त्रतामाथि कुनै बन्देज नरहने बताउँदै प्रेसमैत्री संविधानका लागि हरसंभव प्रयास गर्ने बताउँनु भएको छ । संविधानमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउँने आफ्नो कुनै लक्ष्य नभएको भन्दै जसले समाचार प्रकाशन प्रसारण गरेको हो, उसले त्यो समाचारप्रति जिम्मेवारी भने लिनु पर्नेमा जोड दिनु भएको छ।