शुक्रबार, बैशाख १४, २०८१

मन्त्री डा.रिजाल तथा अमेरिकी राजदूत बोडेबीच शिष्टाचार भेटवार्ता

 अमेरिकी सहयोगमा दूरसञ्चार क्षेत्रको क्षमता अभिवृद्धिको सवालमा छलफल

काठमाडौ आषाढ ३०, नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मिनेन्द्र रिजाल तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु timthumb bodeबोडेबीच आज सञ्चार मन्त्रालमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा राजदूत बोडेले महाभूकम्प पछि क्षतिग्रस्त नेपालका विद्यालय, पर्यटन क्षेत्रको पुनःनिर्माण र विकासमा चासो राख्नु भएको मन्त्रालयबाट आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र परराष्ट्र मन्त्रालयका अधिकृतको पनि उपस्थिति रहेको भेटवार्ताराजदुत वोडेले नेपालको दूरसञ्चार क्षेत्रमा अमेरिकी सहयोगद्वारा क्षमता अभिवृद्धि के कसरी गर्न सकिन्छ भन्ने सवालमा विशेष छलफल गर्नुभएको जनाईएको छ ।