शनिबार, बैशाख ८, २०८१

मधेसकेन्द्रित दलद्दारा वीरगन्जमा प्रदर्शन

पर्सा श्रावण १, सङ्घीयतालाई थाती राखेर ल्याएकोे संविधानको पहिलो मस्यौदाको विरोध गर्दै मधेसकेन्द्रित दलले आज वीरगन्जमा प्रदर्शन गरेका छन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा वीरगन्जको घन्टाघर चोकबाट निकालिएको विरोध पदयात्रा नगरको विभिन्न birgunjभाग परिक्रमा गरी घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सद्भावना पार्टीका सहअध्यक्ष एवम् सभासद् लक्ष्मणलाल कर्णले सङ्घीयतालाई सिध्याउन र जनतालाई अधिकारविहीन राख्न सत्तासीन दलले अन्तरिम संविधानलाई समेत पाखा लगाएको आरोप लगाउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम् सभासद् लालबुराउ गद्दी, तमलोपाका केन्द्रीय सदस्य एवम् सभासद् रमेशप्रसाद कुर्मीलगायतले सङ्घीयताबिनाको संविधान मान्य नहुने  अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।