बुधबार, बैशाख १२, २०८१

भारतीय राष्ट्रपति मुखर्जी वरिष्ठ नेता देउवावीच विशेष भेटवार्ता, शनिवार देहरादुन जाने

गोबिन्द पोख्रेल / नयाँ दिल्ली श्रावण १५, भारत सरकारको निमन्त्रणामा साताव्यापी भारत भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ ।  नयाँ दिल्लीस्थित 220px-Sherbahadurdeuba1राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता देउवाबीच शिष्टाचार भेट भएको नयाँ दिल्लीस्थित हाम्रा समाचारदाता गोबिन्द पोख्रेलले जनाएको छ । भेटवार्ताको क्रममा मा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थाहा भएको छ ।  यसअघि नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यस्तै यसअघि नेपालका पूर्व प्रधानमन्त्री मध्ये पूर्वप्रम एवम् एमाओवादी अध्यक्ष प्रचण्ड भारत भ्रमण गरी नेपाल फर्के पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाकाृ याृ भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै यस पछि नेपालबाट हर्का पूर्वप्रम माधव कुमार नेपाल र काँग्रेसका उपसभापति रामचन्द्र पौडेल भारत भ्रमणमा आउने तयारी रहेको बुझिएको जनाउँ दिईएको छ । त्यस्तै आईतवार पूर्व प्रधानमन्त्री  देउवा देहरादुन जाने कार्यक्रम रहेको र दिल्ली फर्के पछि नेपाली जन सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा सहभागी हुँने बताईएको छ ।