शुक्रबार, बैशाख ७, २०८१

 भारतका पूर्वराष्ट्रपति कलामको निधन,सातदिने राष्ट्रिय शोकको घोषणा

एजेन्सी श्रावण १२, भारतका पूर्व राष्ट्रपति डा.एपीजे अब्दुल कलामको सोमबार निधन भएको छ । इन्डियन इन्ष्टिच्युट अफ kalam646-1436323211म्यानेजमेन्टको सम्मेलनमा सम्बोधन गर्दागर्दै ढलेका पूर्वराष्ट्रपति कलामको उपचारको क्रममा सोमवार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमहरुले् जनाएको छ । उनको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको पनि ति सञ्चारमाध्यमले जनाएको छ ।  ‘मिसाइल मेन’को नामले चिनिएका ८३ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो ।

कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतको राष्ट्रपति बनेका थिए । सन् १९३१ अक्टुबर १५ मा तमिलनाडुको रामेश्वरम्मा जन्मिएका थिए ।   आफ्नो पूरा जिन्दगी शिक्षामा समर्पित गरेका कलाम १९९७ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएका थिए ।  उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कोइरालाद्वारा शोक व्यक्त :  यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले भारतका पूर्व राष्ट्रपति डा एपिजे अब्दुल कलामको ८४ वर्षको उमेरमा हिजो निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा पूर्व राष्ट्रपति डा कलामको निधनको खबरले म अत्यन्त मर्माहत भएको छु र यस दुःखद् घडीमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दछु भनिएको छ ।

प्रधानमन्त्री कोइरालाले भारत शोकाकुल भएको यस क्षणमा आफ्नो व्यक्तिगत, नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँमार्फत भारत सरकार, स्व कलामका स्वजनसहित समस्त भारतीय जनतामा हार्दिक समवेदना प्रकट गर्नुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु