बिहिबार, चैत्र १५, २०८०

बङ्गाली मार्केटमा २०१ औं भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता

अर्जुन खनाल/दिल्ली अषाढ २८,  भारतको राजधानी दिल्लीको मंडी हाउस मेट्रो नजिकै बङ्गाली मार्केटमा रहेको कम्युनिटी सेन्टरमा हाम्रो स्वाभिमान ट्रस्टले भब्यताका साथ २०१ औं भानु जयन्ती मनाएको छ । कार्यक्रममा २५ बर्ष भन्दा मुनिका नेपाली भाषी तथा गोर्खाली बालबालिकाका निम्ति कविता वाचन IMG-20150712-WA0007 IMG-20150712-WA0008 (1)प्रतियोगिता आयोजना गरिएको थियो जसमा ५० भन्दा बढी बालबालिकाहरुले सहभागीता रहेको थियो ।

प्रतियोगितामा कवितातर्फ क्रमस प्रथम,दोस्रो र तेस्रो स्थानमा सुशील लम्साल , उत्सभ र आचल दत्त तृतीय भएका थिए भने वक्तित्वकलातर्फ मदन मगर प्रथम ,सुशील चन्द्र द्वितीय र करिश्मा ज्ञवाली तृतीय भएका थिए। प्रतियोगितामा रुवेन गुरुङ ,बन्दना राई,इशु चाम्लिङ एन्ड्रीउ गुरुङ निर्णायक रहनु भएको थियो ।  सोही अवसरमा नेपाली भाषी विद्यार्थी जसले कक्षा १० र १२ मा ८० भन्दा बढी अंक ल्याउन सफल भएका थिए उनिहरुलाई सम्मान स्वरुप उपहार र प्रमाण पत्र वितरण गरिएको थियो ।

नेपाली राजदुतावासका डिसिएम कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यता समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथी डिसिएम ढकालले आदिकवि भानुभक्तले सँस्कृत भाषाको रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली साहित्य र भाषामा तिरिनसक्नुको गुन लगाउनु प्रसंगको जिकिर गर्दै प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कवितामार्फत भानुभक्तले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदान अतुलनीय रहेको बताउँनुस भएको थियो । कार्यक्रममा हाम्रो स्वाभिमानका नारायण श्रेष्ठको सभापतित्वमा रप्रेम क्षत्रीको संयोजकत्व सम्पन्न भएको थियो ।