बिहिबार, बैशाख १३, २०८१

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पु-याउने बुँदाहरू तत्काल हटाउँ : महासङ्घ

काठमाडौ आषाढ २७,  नेपाल पत्रकार महासंघले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र आँच पु¥याउने बुँदाहरू तत्काल हटाउँदै प्रेसमैत्री संविधान बनाउन भन्दै आमसञ्चारको हकसम्बन्धी टिप्पणी तथा सुझाव सहित आज संविधानसभाका अध्यक्षमार्फत् संविधानसभामा बुझाएका छन । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको एक Press matter 27  प्रतिनिधिमण्डलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आज भेटेर टिप्पणी तथा सुझाव बुझाएको हो

संविधानको प्रारम्भिक मस्यौदाका केही बुँदाहरू बहुअर्थी र प्रेसलाई अंकुश लगाउने नियतका साथ राखिएकोमा विमपत सहित महासङ्घले प्रस्तावनाको १६औँ हरफमा ‘आवधिक निर्वाचनपछि पूर्ण प्रेस स्वतन्त्रता उल्लेख हुनुपर्ने, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय सुरक्षा वा व्यक्तिको प्रतिष्ठा र मर्यादामा आँच पु¥याउन वा अपराध गर्न दुरुत्साहन गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने कानुन बनाउन रोक लगाएको मानिने छैन । सो कानुन लोकतान्त्रिक मूल्य र मान्यता अनुकूल हुनुपर्नेछ’ भन्ने व्यवस्था गर्न माग गरेको छ । यस्तै, धारा ३२ सूचनाका हकअन्तर्गत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने, प्राप्त गर्ने र प्रवाह गर्ने हक हुनेछ तर यस धाराको व्यवस्थाले सूचनाको हकसम्बन्धी कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन भन्ने प्रावधान राख्नेलगायतका सुझाव महासङ्घले दिएको छ ।

महासङ्घको टिप्पणी तथा सुझाव सहितको ज्ञापनपत्र बुझ्दै संविधानसभाध्यक्ष सुवास नेम्वाङले निरंकुशताको विरुद्ध र परिवर्तनको पक्षमा महासंघको नेतृत्वमा नेपाली प्रेसले खेलेको भूमिकाको स्मरण गर्दै नयाँ संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अझ मजबुत बनाउ आफुले सक्दो पहल र प्रयास गर्नेे प्रतिबद्धता व्यक्त गर्दै प्रस्तुत सुझाव तथा टिप्पणीलाई सकारात्मकरूपमा लिएको बताउँदै उहाँले महासंघले पेश गरेको सुझाव तथा टिप्पणीलाई सम्बन्धित समितिमार्फत छलफल गराएर कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउँनु भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिनिधिमण्डलमा अध्यक्ष विष्टका साथै पूर्वअध्यक्ष तारानाथ दाहाल, महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव उजिर मगरलगायत महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

यसैवीच आजै महासंघका देशभर रहेका जिल्ला शाखाहरूले पनि प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल मार्फत संविधानसभालाई मस्यौदाको टिप्पणी र सुझाव बुझाएका छन् । यस क्रममा महासंघ काठमाडौ शाखाका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष श्रीजन झा ,सचिव रामकृष्ण अधिकारी, सदस्यद्दय कालिका महत, सन्तोष बराईली लगायतका टोलीले टिप्पणी तथा सुझाव सहितको ज्ञापनपत्र संविधानसभामा बुझाएका छन ।

यस्तो छ महासङ्घको टिप्पणी तथा सुझाव सहितको ज्ञापनपत्र