मङ्लबार, बैशाख ११, २०८१

प्रारम्भिक मस्यौदामाथि जनसुझाव संकलनको क्रममा राजधानीमा प्रदर्शनकारी र प्रहरीवीच झडप

काठमाडौ श्रावण ५ संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ले आज काठमाडौँ क्षेत्र नं ८ अन्र्तगत बसन्तपुरमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि सुझाव सैकलनका लागि आयोजित कार्यक्रममा उपस्थित स्थानीय जनताले _DSC0761 _DSC0797 _DSC0799 _DSC0841स्वतःस्फूर्त रूपमा आफ्नो सुझाव दिइरहेको अवस्थामा राप्रपा नेपाल लगाएतका केहि अराजक समूहले उत्साहपूर्ण सहभागिता जनाइरहेका जनता माथि लक्षित गर्दै आक्रमण गरेका छन ।

यसअ अघिपनि  हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रको पक्षमाआवाज बुलन्द गर्दै राप्रपा नेपालले राजधानीको नयाँ बानेश्वरमा संविधानको प्रस्तावित मस्यौदामाथि जनताको सुझाव संकलन भइरहेको स्थानमा राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले विरोध प्रदर्शन  संविधानको प्रारम्भिक मस्यौदा जलाएका थिए । त्यस क्रममा प्रदर्शनकारीले संविधानको मस्यौदा च्यातेर जलाउँदै गर्दा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न सामान्य बल प्रयोग गरेको थियो । यस क्रममा केहीबेर झडपसमेत भएको थियो ।

झडपको क्रममा क]हि प्रदर्शकारी घाईते भएको थिए भने केहि लाई प्रहरीले नियन्त्रणमा लिएको थाहा भएको छ । यद्यपी प्रदर्शकारीको विरोधका वावजुद पनि सुझाव संकलन कार्यक्रम भने निर्वाद रुपमा संचालन भएको सभासद नविन्द्रराज जोशीले जानकारी दिनु भएको छ ।

 यसैवीच संविधानसभा सचिवालयले मुलुकभर जनमत सङ्कलन कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । नेपालको संविधान, २०७२ माथि जनताले स्वतःस्फूर्त उत्साहपूर्ण सहभागितामा आफ्नो सुझाव दिएको जनाउँदै संविधानमा समावेश गर्नुपर्ने महत्वपूर्ण सुझाव जनताले सुझाव संकलनको क्रममा दिएको जनाएको छ ।

त्यस्तै सचिवालयले केही जिल्लामा संविधानको मस्यौदामा आफूहरूको धारणा नसमेटिएको भन्दै केही राजनीतिक दलले विरोध गरेको भए पनि अन्य स्थानमा शान्तिपूर्ण तवरले सुझाव सङ्कलन कार्य सम्पन्न भएको बताए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ,सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले भने जनमत सङ्कलन कार्यलाई बहिष्कार गर्दै धेरै स्थानमा अवरोधको प्रयास भने जारीनै राखेका कारण कतै वम विस्फोट त कतै शिर्ष नेतामाथिको प्रहार मात्र नभएर राजधानीको सुझाव संकलन केन्द्रमा समेत हुल हुज्जतका घटनाका वीच सुझाव संकलनको कार्य हुँदै गर्दा सुझाव संकलनको कार्य आफैमा कति प्रभावकारी हुँने हो त्यो हेर्न बाँकिनै छ ।