बुधबार, बैशाख १२, २०८१

प्रारम्भिक मस्यौदामा प्राप्त सुझावको सम्बोधन आईतवार गरिने

काठमाडौ श्रावण १५, संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजक रहनुभएको विशेष समितिको केहीबेर अघि सम्पन्न बैठकले संविधानको प्रारम्भिक मस्यौदामा जनस्तरबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष CA-समितिले आईतवार शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने नितिगत सहमति कायम गरेको छ ।

विशेष समितिअन्तर्गतको कार्यदलले आझै साँझ पेस गरेको प्रतिवेदनका सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकले ती विषयको सम्बोधन गरिने भएको हो । एमालेका उपाध्यक्ष भीम रावलको संयोजकत्वम गठित कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः छलफल गर्न आईतवार बिहान विशेष समिति बैठक बस्ने र उक्त समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि भोलि अपराह्न बस्ने बताईएको छ ।

विशेष समितिको आजको बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सोही दलका उपाध्यक्ष विद्या भण्डारी, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार लायत नेताको सहभागिता रहेको थियो ।