शनिबार, बैशाख ८, २०८१

प्राङ्गारिक कृषि खेतीको प्रवद्र्धन गर्नुपर्नेमा जोड

काठमाडौं आषाढ १७, आयुमी हिमालयन एग्रोले कृषिमा समृद्ध प्राङ्गारिक राष्ट्र नेपाल” निर्माण अभियानका साथ पहिलो पटक रामेछाप जिल्लाको मन्थलीमा  धान दिवसको अवसर पारेर आधुनिक प्राङ्गारिक कृषि खेती सम्बन्धि प्रविधि हस्तान्तरण गर्ने उदेश्यका साथ “सूचना संकलन केन्द्र” को शुभारम्भ गरेकोे छ।

ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लि.को सहायाक कम्पनीका रुपमा रहेको आयुमी हिमालयन एग्रो लि. वर्तमान समयमा कृषिजन्य वस्तुको उत्पादकत्व बृद्धिका लागि भनेर कृषकहरुले कृषि व्यवसायीकरणका नाममा सिफारीश मात्राको सट्टाँमा अत्याधिक रासायनिक मलखाद तथा विषादीको अनियन्त्रित प्रयोगले गर्दा वातावरण तथा मानव स्वास्थ्यमा दिर्घकालमा नकारात्मक असर पारिरहेको अवस्थालाई मध्यनजर गर्दै आधुनिक प्राङ्गारिक कृषि खेती सम्बन्धि प्रविधि हस्तान्तरण गर्ने उदेश्य यस किसिमको केन्द्र स्थापना गरिएको उक्त कम्पनीद्दारा जारी विज्ञप्तिमा जनाएको छ ।

गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष श्री देवमान हिराचन हाल यस कम्पनीका संचालक हुनुहुन्छ, उहाँले लक्ष्य देशको अर्थतन्त्रमा सुधारका लागि आधुनिक प्राङ्गारिक कृषि खेतीलाई अर्थतन्त्र मेरुदण्ड रुपमा लिनुभएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको प्रमुख आतिथ्यतामा सुभारम्भ गरिएको सूचना संकलन केन्द्रको उद्घाटन सत्रमा कम्पनीका म्यानेजर विष्णु दवाडी , वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटा, अतिथिमा वरिष्ठ पशु विकास अधिकृत ज्ञान बहादुर थापा, विशिष्ठ मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुब्र सुवेदी, कम्पनीका मार्केटिङ्ग म्यानेजर नवराज बराल, कृषि सल्लाहकार शिव यन्द्यो, विशिष्ठ अतिथिमा वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले आ—आफ्नो मन्तब्य राख्नु भएको थियो।