बिहिबार, बैशाख १३, २०८१

प्रमुख चारदलका शीर्ष नेतासंग राष्ट्रपति डा यादवको सामुहिक भेटवार्ता

प्रारम्भिक मस्यौदामा प्रदेशको नामाङ्कन र सीमाङ्कनसहित जनतामा लगेको भए राम्रो हुने सुझाव

काठमाडौ आषाढ २५, राष्ट्रपति डा रामवरण यादवले शीतल निवासमा आज प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू क्रमस काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनाधिकार फोरम Rambaran(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसंग सामुहिक भेटवार्ता गर्दै संविधानको प्रारम्भिक मस्यौदामा प्रदेशको नामाङ्कन र सीमाङ्कनसहित जनतामा लगेको भए राम्रो हुने सुझाव दिनुभएको छ ।

त्यस्तै भेटवार्तामा क्रममा राष्ट्रपति डा यादवले प्रमुख ४ दलका नेतालाई १६ बुँदे सहमति र संविधानसभाबाट संविधानको प्रारम्भिक मस्यौदा पारित गरि जन समक्ष लैजाने वातावरण बनाएकोमा शुभकामना दिदै यसवीचमा असहमति राख्ने दललाई संगै लैजानु पर्नेमा विशेष जोड दिदै नागरिकताका सम्बन्धमा मधेश केन्द्रित दलहरूले राखेको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनी चासो त्यक्त गर्नुभएको बुझिएको छ ।

छलफलमा चारै दलका नेताले प्रारम्भिक मस्यौदामा उठेका असन्तुष्टिलाई परिमार्जन र सुधार गर्दै अघि बढ्ने आश्वस्त पार्नुभएको थियो । जनताबाट आएका प्रतिक्रिया र सुझावलाई संविधानसभा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति र संविधान मस्यौदा समितिमा परिमार्जन गर्दै अगाडि बढ्नेमा आफुहरु प्रतिवद्ध रहेको जानकारी गराउँनु भएको प्राप्त समाचारमा उल्लेख रहेको छ ।