शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री कोइरालाद्दारा मुलुकले छिट्टै नयाँ संविधान पाउने विस्वास व्यक्त

काठमाडौ आषाढ २७, भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापनाका लागि भन्दै आज विभिन्न संघसस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमका वीच ति संघसस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशील कोइराला sushil_koiralaमार्फत उक्त रकम सहयोग गरेको प्राप्त समाचारमा उल्लेख रहेको छ ।

आज दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्र्ने संघसस्थाहरुमा क्रमस जनता बैंकको तर्फबाट बैकका अध्यक्ष एवम् संविधानसभा सदस्य उदय श्रेष्ठले २० लाख, एस डेभलपमेन्ट बैंकको तर्फबाट ११ लाख छपन्न हजार, पूर्व प्रहरीहरूको सङ्गठनको तर्फबाट१ लाख एकाउन्न हजार, सेवा निवृत्त कर्मचारीकाहरुको तर्फबाट १ लाख त्रियानब्बे हजार बुझाएका छन भने त्यस्तै गरि नापानको एक लाख बीस हजा, र नेपाल सहभागितामूलक कार्य समूको तर्फबाट १ लाख एकाईस हजार ६५१, भृकुटीमण्डप निम्न व्यापार सङ्घले एक लाख २५ हजार २५ रुपैया र म्याग्दी समाज काठमाडौको तर्फ १ लाख सहयोग र प्रतिस्पर्धात्मक सञ्जाल नेपाल (पिक्युपिसिएन)ले उद्धार कोषमा रु ५० हजार सहयोग गरेको बुझिएको छ ।

त्यस्तै सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले सहयोगको गर्ने संघसस्थाका प्रतिनिधीहरुप्रति आभार व्यक्त गर्दै सहयोगको भावनाले नै विपदको समयमा पनि मुलुकमा नयाँ आयामको रेखा कोरिएको बताउँदै मुलुकले छिट्टै संविधानसभाबाट निर्मित नयाँ संविधान पाउने विस्वास व्यक्त गर्नु भएको समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु