शुक्रबार, बैशाख १४, २०८१

पूर्व प्रम कृष्णप्रसाद भट्टराईको नाममा ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ बनाउन सरकार सकारात्मक

काठमाडौं आषाढ २४, प्रधानमन्त्री सुशील कोइरालाले केन्द्रीय समितिद्दारा आज पूर्व प्रधानमन्त्री तथा नेपाल पत्रकार महासङ्घका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा यथाशिघ्र ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्नुपर्ने लगायतका माग सहित बुझाएको ज्ञापन पत्र बुझ्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथी कसैले खेलवाड गर्न नसक्ने बताउँनु भएको छ ।  त्यस्तै प्रम कोईरालाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको आन्दोलनमा नेपाली प्रेस जगतको ठूलो योगदान रहेको चर्चा गर्नुहुदै प्रेस स्वतन्त्रताको खेलवाड NPU Submits Memo to the PMगर्ने जोसुकै भएपनि आफै लोप हुने जिकिर गर्दै अहिलेको युग भनेको प्रेस स्वतन्त्रता र मानवाधिकारको युग भएको बताउँनु भएको बताउँदै   नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री कोइरालाले , “अब सङ्घीयता कसैले रोकेर नरोकिने बताउँनु भएको युनियनका महासचिव अजयवावु शिवाकोटीद्दारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रेस नोटमा नेपाल प्रेस युनियन नयाँ बन्ने संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता सम्बन्धी केही कमी कमजोरी भए सबैसँग छलफल गरेर सच्चाईनेछ भन्दै प्रम कोइरालाले लोकतन्त्र भनेको बहुलवाद हो र लोकतन्त्रको आत्मा बहुलवाद हो पूर्व प्रधानमन्त्री भट्टराईको नाममा ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्न आफू सकारातम्क रहेको उल्लेख गर्दै सरकारमा रहेका दलहरुसँग कुरा राख्ने विश्वास दिलाउनुभएको उल्लेख गरिएको छ ।

सो अवसरमा वरिष्ठ पत्रकार हरिहर विरहीले प्रेस स्वतन्त्रताको मामलामा काँग्रेसले नेतृत्व लिनुपर्ने बताउदै काँग्रेस जस्तो लोकतान्त्रिक दलको नेतृत्वमा बन्ने संविधानमा प्रेस स्वतन्त्रता विरोधी कुनै पनि शब्द नहोस् भन्नेमा सजग गराउनुभयो । युनियनका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारको नीति तथा कार्यक्रममा उल्लेखीत ‘अनलाईन मिडियालाई विश्ससनीय र मर्यादित बनाउन आचारसंहिता संशोधन गर्ने’भन्ने वाक्य काउन्सिलको सल्लाहमा नै आएको आफूलाई काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताएको जानकारी गराउनुभएको थियो भने   युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्दलेले प्रशिक्षण प्रतिष्ठानको स्थापनाले पत्रकारको क्षमता अभिवृद्धि हुने बताउदै अनलाईनलगायत नयाँ मिडियालाई नियमन गर्न कानुन आवश्यक भएपनि त्यो नयाँ कानुन बनाएर भन्दा पनि पुरानै कानुनहरुमा संशोधन गरेर गर्न सकिने बताउनुभयो।  युनियनका महासचिव अजयबाबु शिवकोटीले पूर्व प्रधानमन्त्री भट्टराइप्रति सम्मान गर्न सरकारले आगामी बजेटमा सो प्रतिष्ठान स्थापनाको व्यवस्था गर्नुपर्ने बताउदै पत्रकारको सिप, क्षमता र दक्षता अभिवृद्धि भएमात्र लोकतान्त्रिक शासन पद्धतीको सुदृढिकरणमा योगदान पुग्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधान, प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारी, युनियनका पूर्व अध्यक्ष तथा गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफान, महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा र समीरजङ्ग शाह, युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।