शुक्रबार, चैत्र १६, २०८०

पत्रकार योगीको पुनःबहालीको लागि २४ घण्टे अल्टिमेटम

काठमाडौं श्रावण १४, ईमेज एफएम’मा आबद्ध पत्रकार सन्दीप योगीमाथि समाचार सङ्कलनका क्रममा तस्बिर खिंच्दा सुरक्षाकर्मीबाट पत्रकार योगीमाथि भएको दुव्र्यवहार क्यामेरा तोडफोड सहितको दुव्र्यवहार र जागिरबाट निष्काशन प्रकरणको सवालमा इमेजकर्मी अधिकार संरक्षण सङ्घर्ष समितिको तर्फबाट इमेज च्यानल्स तथा नेपाल पत्रकार महासंघको नाममा जारी प्रेसविज्ञप्तिमा चौबीस घन्टाभित्र योगीको पुनःबहालीको माग गर्दै समयसीमा दिएको छ ।
सो समितिले एघारबुँदे माग राख्दै सो अवधिमा पुनःबहाली नभए कार्यकक्षमा तालाबन्दी गरी सञ्चारगृहमा आन्दोलन सुरु गर्न बाध्य हुनेतर्फ सचेत गराउँदै ईमेज च्यालनका समाचार प्रमसख समेत रहेका महासंघका अध्यक्ष डा ।.महेन्द्र विष्टा लाई उदृत गर्दै जारी विज्ञप्तिमा श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्वमा रहेर यहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको अधिकार स्थापनामा खेलेको भूमिका सह्राहनीय रहेको छ । यद्यपी समाचार कक्षको नेतृत्व गरिरहेको यस संचार गृहमा हाम्रो अधिकार प्राप्तिका लागि के कस्तो भूमिका खेलिरहनु भएको छ भन्ने यहाँले नै आत्ममूल्यांकन गर्न जायज हुनेछ । पछिल्लो चरणमा संचार गृहको छवी धमिल्याउने खालका सन्देशहरु प्रवाहित भएबाट र राजनीतिक आग्रह–पुर्वाग्रह हावी हुँदै गएबाट हामी इमेज च्यानलको गौरवमय इतिहास कतै भविष्यमा दुर्घटनामा पर्ने त होइन भन्ने चिन्ताबाट सताईएका छौ । यसका अतिरिक्त श्रमजीवी पत्रकार, कामदार–कर्मचारीलाई काखा र पाखा पार्ने नियोजित खेलले हामी निकै मर्माहित भएका छौ । कुनै पनि उद्योगको श्रीवृद्धिमा व्यवस्थापन र श्रमिक press-1 press-2पक्षको हार्दिकताले निकै ठूलो स्थान राख्तछ । तर, इमेज च्यानलमा पछिल्लो चरणमा दुई पक्षबीच खाडल बढ्दै गएको छ । व्यवस्थापन पक्ष समक्ष संचार गृहको वास्ताविक तस्विर नपुग्दा यसले भयावह स्थिति ल्याउन सक्ने देखिएको छ । अतः त्यो स्थिति आउन नदिन यहाँको भुमिका निकै महत्वपूर्ण रहने विश्वास हामीले लिएका छौ । त्यसका लागि सहज होस् भनेर हामीले पहिलो कदम स्वरुप यहाँ समक्ष प्रचलित श्रम कानूनहरु– श्रम ऐन–२०४८, श्रम नियमावली–२०५०, श्रमजीवी पत्रकार ऐन–२०५१ र श्रमजीवी पत्रकार नियमावली–२०५३ को परिधिभित्र रही निम्न माग प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

यस्तो छ एघारबुँदे माग

१) राजनीतिक पूर्वाग्रह, गैरकानूनी, अन्यायपूर्वक र निरंकुश ढंगले मौखिक रुपमा तपाई समेतको सेयर रहेको (बागमती मिडिया प्रा.लि.) एफएमबाट हटाइएका सहकर्मी सन्दीप योगीलाई २४ घण्टाभित्र पुर्नस्थापित गरियोस् ।
२) इमेज च्यानलले बनाएको कर्मचारी सम्बन्धि विनियम सार्वजनिक गरी सो विनियमावलीमा रहेका श्रम कानून विरोधी प्रावधानहरु तत्काल सच्याउने गरी संशोधन गरियोस् ।
३) लामो समयदेखि श्रमजीवी पत्रकार, मजदुर–कामदारको पारिश्रमिक वृद्धि नभएको र न्युनतम पारिश्रमिक निर्धारण समितिले समेत नयाँ पारिश्रमिक सिफारिस गरेको सन्दर्भमा यही साउन १ गतेदेखि लागु हुने गरी तलब–भत्तालगायतका सेवा–सुविधामा सतप्रतिशत वृद्धि गरियोस् । साथै नियुक्ति पत्र नपाएकालाई नियुक्ति पत्र, सूचना विभागमा प्रेस पासको प्रयोजनका लागि दिइएको नियुक्ति पत्रमा उल्लेखित पारिश्रमिक दिन अनुरोध गरिन्छ ।
४) पत्रकारले संकलन गरेका समाचार टेलिभिजन बाहेक अन्य रेडियो र अनलाइनमा प्रयोग गर्ने हो भने सो को पारिश्रमित दिने व्यवस्था मिलाइयोस् ।
५ं) इमेज च्यानललाई राजनीतिक भर्ति केन्द्र बनाउन रोकियोस् । राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कुनै पनि पत्रकार, कामदार र कर्मचारीलाई अतिरिक्त सुविधा दिने, पदोन्नति गर्ने, सरुवा गर्ने र एकै तहमा रहेकालाई विभेदपूर्व रुपमा पारिश्रमिक दिने काम बन्द गरियोस् ।
६) भर्ना, पदोन्नति र जिम्मेवारी तोक्दा सम्बन्धित उम्मेदवारको योग्यता, क्षमता र अनुभवको उचित कदर गरियोस् ।
७) संचारकर्मीले कानूनतः पाउनु पर्ने उपदान, संचित बिदाको रकम, हरेक वर्षको अन्त्यमा एक महिना बराबरको उपचार खर्चलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था तत्काल लागु गरियोस् । सार्वजनिक बिदामा काम गर्ने श्रमजीवी पत्रकारलाई एक दिन बराबरको अतिरिक्त तलब दिइयोस् ।
८) प्रचलित कानूनमा व्यवस्था भए बमोजिम औषधि उपचार र दूर्घटना बिमा तथा कल्याणकारी कोष तत्काल स्थापना गरियोस् ।
९) हरेक कर्मचारीको संचय कोष महिना मरे लगत्तै नागरिक लगानी कोषमा जम्मा गर्ने व्यवस्था गरियोस् ।
१०) २४० दिन काम गरेका सबै पत्रकार, कामदार र कर्मचारीलाई स्वतः स्थायी गरियोस् ।
११) महाभूकम्पबाट इमेजकर्मीहरु पनि प्रभावित भएका छन् । अतः महाभूकम्पबाट घरवार गुमाएका, क्षति पुगेका इमेजकर्मीहरुलाई तत्काल राहत स्वरुप कम्तिमा एक महिनाको तलब बराबरको क्षतिपुर्ति उपलब्ध गराइयोस् ।
उल्लेखित माग शान्तिपूर्वक पुरा हुने अपेक्षा हामीले लिएका छौ । अतः २४ घण्टाभित्र सहकर्मी योगीको पुर्नस्थापनासहित हाम्रा माग सम्बोधन नभए यहाँ को कार्यकक्षमा तालाबन्दी गरी हामी इमेज च्यानलमा आन्दोलन सुरु गर्न बाध्य हुनेतर्फ सचेत गराउन चाहन्छौ भनिएको छ ।