बिहिबार, बैशाख १३, २०८१

पत्रकार दुव्र्यवहार घटनाको भत्र्सना

काठमाडौ श्रावण १४,  इमेज एफएम’मा आबद्ध सन्दीप योगीमाथि समाचार सङ्कलनका क्रममा तस्बिर खिंच्दा सुरक्षाकर्मीबाट भएको Nepal-Press-Union_20140908050041दुव्र्यवहारको घटना र जागिरबाट निष्काशन गरिएको भन्ने समाचारप्रति नेपाल प्रेस युनियनले भत्र्सना गरेको छ ।

युनियनका उपमहासचिव भीष्मराज ओझाद्वारा आज जारी विज्ञप्तिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय अगाडि टङ्गालमा भएको ट्राफिक जामको तस्बिर खिंच्दा आयोगका केही सुरक्षाकर्मीले योगीलाई दुव्र्यवहार गर्नाका साथै उहाँको क्यामेरासमेत तोडफोड गरेको जनाइएको छ ।

“बाग्मती मिडिया प्रालिअन्तर्गत रहेको इमेज न्युज एफएममा तलबी प्रशिक्षार्थी पत्रकारका रुपमा प्रवेश गरी पछिल्लो तीन महिना करार समाचारदातामा कार्यरत योगीको करार थप हुने प्रक्रिया चलिरहेका समयमा भएको यो घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको । युनियनले सो प्रालिलाई तत्काल पत्रकार योगीको करार थप गर्न र घटनाको तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेको छ ।