बिहिबार, बैशाख १३, २०८१

नेतामाथि आक्रमण प्रयासको एमालेद्वारा निन्दा , दोषीमाथि तत्काल कडा कारबाहीको माग

काठमाडौ श्रावण ४, नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामाथि जनताको रायसुझाव सङ्कलन गर्न रौतहटको गौरमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्ष्य गरी आक्रमणको प्रयास भएकोमा नेकपा (एमाले) केन्द्रीय amale-office6कार्यालयले निन्दा गरेको छ ।
एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानमन्त्री आक्रमणको प्रयासमा संग्लन दोषीमाथि तत्काल कडा कारबाही गर्न माग गर्दै यस्ता अराजक तत्वबाट जनताको रायसुझाव सङ्कलन अवरुद्ध हुन नदिन तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै विज्ञप्तिम संविधानमा जनताको रायसुझाव सङ्कलन गर्न नुवाकोट जाने क्रममा अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतलाई लक्ष्य गरी बम प्रहार गरिएकामा एमालेले उक्त घटनाको पनि निन्दा गर्दै ‘हाम्रो संविधान, राम्रो संविधान’ बनाउने ऐतिहासिक अभियान जुट्दै  होहल्ला, उत्तेजना र गैरजिम्मेवार अभिव्यक्तिबाट प्रभावित र विचलित नभई उच्च मनोबल र संयमताका साथ सक्रियतापूर्वक आफ्ना रायसुझाव प्रस्तुत गर्न जनसमुदायमा एमालेले आह्वान गरेको छ ।