शुक्रबार, चैत्र १६, २०८०

देशभर जबर्जस्ती बन्द गराउँदै हिँडेका दुई सय जना बन्दकर्ता पक्राउ

काठमाडौ श्रावण ८, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको आजको नेपाल बन्दको क्रममा उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ । त्यस्तैगरि सार्वजनिक सवारी साधनमा तोडफोड xBiplab_Angad_Dhakal_Pahilopost_,2841,29.JPG.pagespeed.ic.vDs6jzBDoJगर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोतल र जर्किनमा पेट्रोल बोकेका ती बन्दकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्कालाई उदृत गद्र्रै प्राप्त समाचारमा उल्लेख रहेको छ । त्यस्तै बन्दकर्ताले आज बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेका जानकारी दिएको छ ।
त्यस्तै गरि प्रहरीका अनुसार आजको बन्दको क्रममा मोफसलबाट रेको नेपाल बन्द सफल पार्न हिँडेका विप्लव’ नेतृत्वको नेकपा माओवाादी बागलुङका सेक्रेटरी सहित ११ जना कार्यकर्ता लाई पक्राउ गरेको थाहा भएको छ ।

यसैवीच प्रहरी मुख्यालका अनुसार देशका विभिन्न स्थानमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोडफोडमा संलग्न १९७ जना पुरुष र पाँच जना महिला गरी २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चार जनालाई छानबिन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ ।