बिहिबार, बैशाख १३, २०८१

तिमै लागि…….

                                          धर्ति मेरो पिङ्ग झैं मच्चिंदा
Image2अनायासै तिम्रो याद झल्झली आउँदा
लाग्यो मलाई अन्तिम भेट होला कि नहोला

जीवनले गनि गनि अन्तिम सास फेर्दा
निभिजाने पक्का पक्की हुँदा
दैव मेरो एउटा इच्चा त पुरा होला
सपनाहरु विवस भई थच्चिंदा
अ“धेरीले सबै तिर तर्साउ“दा
एउटै डर तिमी बाट टाढिंदा

धुक्क धुक्क मुटु भित्र त्रास छाउँदा
तिम्रो अंगालोमा लुकुँ लुकुँ लाग्दा
डर भुलि तिम्रो यादमा हराउँला
मुटु मेरो बेस्कन हल्लिंदा
जीन्दगीको धेरै माया पलाउँदा
तिम्रै लागि जिएको आभास हुँदा

– गौतम डंगोल “सन्देश”