बिहिबार, बैशाख १३, २०८१

जनसुझावका कारण मुलुकको राजनैतीकवृत तरङगित,दलहरू जनमतका कारण दबाबमा

काठमाडौ श्रावण ८ , नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझावले शासकीय स्वरुप, सङ्घीयता, धर्मलगायतका महत्वपूर्ण केही सवालमा प्रमुख दलहरूलाई एकपटक सोच्नैपर्ने दबाब सिर्जना गरेको छ । प्रारम्भिक मस्यौदामा गत मंगलवार र बुधवार गरिएको सुझाव संकलनको क्रममा मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख उपयुक्त हुने भन्दै संविधानको प्रारम्भिक मस्यौदाको CA-सुझाव सङ्कलनका क्रममा बहुसङ्ख्यक जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि स्वतःस्फुर्त देशभरबाट अभिव्यक्त जनसुझावका कारण अहिले मुलुकको राजनैतीक वुत  तरङगित भएको  हो ।

जसले गर्दा राजनीतिक दलहरूबीच प्राप्त सुझावको कार्यान्वयको पक्षमा होस वा धर्मनिरपेक्षताको खारेजी र हिन्दू राज्यको स्थापनाका पक्षमा होस वा संघीयताको सवालमा नै किन नहोस यि र यस्ता मूलभूत एजेन्दामा सहमति बनाउँन नेपाली काँग्रेस ,नेकपा एमाले एमाओवादी र मधेसवादी दल सामू ठूलै चुनौति सिर्जना भएको छ । यस वीचमा जन सुझावको उपेक्षा गर्दै संविधान जारी गरिए स्वभाविकरुपमा त्यो संविधान सर्वस्विकार्य हुन सक्ने कुनै संभावना छैन र हुँदैन  पनि ।

तर्सर्थ संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलनका क्रममा बहुसङ्ख्यक जनताबाट प्राप्त अभिमत अनुरुप जानका लागि राजनीतिक दलहरूबीच हुने छलफल र संवाद आफैमा अर्थपूर्ण रहेको छ। त्यस्तै संविधान निर्माणपछि मुलुकमा आर्थिक विकासकाको लागि पनि दलहरुले आआफ्नो दलीय स्वार्थको धरातल भन्दा माथि उठेर देश र जनताको पक्षमा जनताको मतको सम्मान गर्दै निर्णय गर्नु नितान्त आवश्यक रहेको देखिन्छ । यसैवीच जनताको मतको सम्मान नगर्ने हो भो संविधानसभाबाट जारी हुने संविधान सुरुमै दुर्घटनामा पर्ने अभिव्यक्ति दिनु भएको छ काँग्रेसका युवा नेता गगन थापाले ।  एक् रिपोर्ट…